‘फर्स्ट लेडी’ सबिनाको एपेन्डिसाइटिसको सफल ‘अपरेशन’


काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहकी धर्मपत्नी (फर्स्ट लेडी) सबिना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया (अपरेशन) सफलतापूर्वक सम्पन्न भएको छ। बिहीबार बिहान करिब ४ बजे महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनको शल्यक्रिया गरिएको हो। सबिनालाई अस्पाताल भर्ना गर्दा प्रधानमन्त्री शाह पनिअस्पतालमै रहेको चिकित्सकहरूले बताए।

अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। वरिष्ठ सर्जन डा. प्रशान्त वीर सिंह कंसकारको नेतृत्वमा रहेको चिकित्सक टोलीले उनको शल्यक्रिया गरेको हो।चिकित्सकहरूका अनुसार सबिनाको अपरेशन सफल भएको छ। उनको स्वास्थ्य अवस्था स्थिर तथा सामान्यको चिकित्सकले जनाएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ