साउदी र मलेसियाका लागि प्रस्तावित राजदूत अस्वीकृत, जापानको ‘होल्ड’
काठमाडौं। साउदी अरब र मलेसियाका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत भएको छ। साउदी अरबका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेलको नाम अस्वीकृत भएको हो। संसदीय सुनुवाइ समितिकाे बुधबार बसेको बैठकमा सुनार र खरेलको नाम अस्वीकृत गरेको हो। उनीहरू दुबैजना संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत भएका छन्।
आर्थिक र चारित्रिक विवादमा परेका सुनार र खरेलको राजदूत हुने ढोका बन्द भएको छ। सरकारले साउदी अरब र मलेसियाका लागि राजदूत बनाउन फेरि अर्को नाम सिफारिस गर्नुपर्ने भएको हो।
जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको नाम भने समितिले ‘होल्ड’मा राखेको छ। थापाको जापानको पिआरको विषयमा थप अध्ययन गर्न ‘होल्ड’ गरिएको हो। समितिले थप अध्ययन गरेपछि मात्र उनको नाम अनुमोदन हुने/नहुने टुंगो लाग्नेछ
संसदीय सुनुवाइ समितिले १० देशका लागि प्रस्तावित राजदूतको नाम भने नियुक्तिका लागि सर्वसम्मतिले अनुमोदन गरेको छ। भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जबरा, जर्मनीका लागि सरु जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण, ओमानका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि प्राडा संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलंकाका लागि डा. मञ्चला झाको नाम भने समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेको हो। उनीहरूलाई भने राजदूतमा नियुक्ति गर्न बाटो खुलेको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस