दिल्लीको इकोनोमिक मिनिस्टर र कोलकताका महावाणिज्यदूत एउटै ‘ब्याच’का अधिकारी र आचार्य
काठमाडौं। दिल्लीको इकोनोमिक मिनिस्टर र कोलकताका महावाणिज्यदूतमा एउटै ‘ब्याच’का तारानाथ अधिकारी र झक्कप्रसाद आचार्यले जिम्मेवारी पाएका छन्। भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासको इकोनोमिक मिनिस्टरमा सहसचिव तारानाथ अधिकारी रहेका छन्। कोलकताका महावाणिज्यदूतको जिम्मेवारीमा सहसचिव झक्कप्रसाद आचार्य रहेका हुन्। अधिकारी र आचार्य एउटै ‘ब्याच’का उपसचिव हुन्।
अधिकारी र आचार्य खुला प्रतिस्पर्धाबाट २०६८ बैशाखमा नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहको उपसचिव भएका थिए। उनीहरूसँगै जितेन्द्र बस्नेत र भरतमणि पाण्डे उपसचिव भएका थिए। अधिकारी र आचार्य नियोगमा पोस्टिङ हुँदा बस्नेत र पाण्डे नेपालमै कार्यरत छन्। बस्नेत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पाण्डे लुम्बिनी प्रदेशको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको सचिवको भूमिकामा छन्। उक्त ‘ब्याच’का खुला प्रतिस्पर्धाबाट आएका चारैजना सहसचिव भइसकेका हुन्।
समावेशी कोटाबाट आएकी लीला अधिकारी ओझा मात्र सहसचिव हुनबाट बञ्चित भएकी छिन्। आदिवासी/जनजाति कोटाबाट उपसचिव भएका किशोरकुमार चौधरी कानुन समूहका सहसचिव भइसकेका छन्। दलित कोटाबाट उपसचिव भएका लोकबहादुर सुनार पनि सहसचिव भए। उक्त ‘ब्याच’का अधिकारी र आचार्य भने नियोगमा जान सफल भएका हुन्। दरबन्दी कटौतीमा परेपछि अधिकारी भने नेपाल फिर्ता आउने तरखरमा छन्। आचार्य भने अलि समय महावाणिज्यदूत कै भूमिकामा रहने देखिन्छ।
क्याटेगोरी : समाचार
ट्याग : #झक्कप्रसाद आचार्य, #तारानाथ अधिकारी


तपाईको प्रतिक्रिया दिनुहोस