लामो समयदेखि सिडिओ रिक्त रामेछाप, दैलख र प्युठानले पाए सिडिओ


काठमाडौं। लामो समयदेखि सिडिओ रिक्त रामेछाप, दैलख र प्युठानले प्रमुख जिल्ला अधिकारी (सिडिओ) पाएका छन्।रामेछापको सिडिओमा गीताकुमारी होमेगाई, दैलेखको सिडिओमा वीरेन्द्रकुमार मिश्र र प्युठानको सिडिओमा विमलप्रसाद बराललाई खटाइएका छ। लामो समयदेखि रिक्त तीन जिल्लाले सिडिओ पाएका हुन्।

रामेछापको सिडिओ बिनु बज्राचार्य कुँवर गृह मन्त्रालय तानिएपछि उक्त जिल्ला लामो समयदेखि सिडिओविहीन थयो। बिनु गृहबाट आउट भएपछि गीताले रामेछापको कमाण्ड सम्हाल्ने भएकी छिन्। दैलेखका सिडिओ अख्तियार पुगेपछि रिक्त सिडिओमा मिश्र गएका हुन्।

प्युठानबाट शान्तीराज प्रसाईं सिराहाको सिडिओ भएर गएपछि रिक्त स्थानमा शिवप्रसाद रेग्मीलाई पठाइएको छ। प्युठानले पनि लामो समयदेखि रिक्त सिडिओ पाएको हो।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ