एकनारायण अर्याललाई ४ दिन हिरासतमा राख्न अनुमति


काठमाडौं। पूर्वमुख्यसचिव एकनारायण अर्याललाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतले अर्याललाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

भागेर भारत तीर पुगेका अर्याललाई बिहीबार सार्वजनिक गरिएको थियो। भगौडा अर्याललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बिहीबार सार्वजनिक गरेको थियो। शुक्रबार उनलाई जिल्ला अदालतमा उपस्थित गराएको प्रहरीले ४ दिन म्याद थपेर अनुसन्धान गर्न बाटो खुला गरिदिएको हो। अर्यालमाथि सिआईबी ठगी तथा संगठित अपराधमा अनुसन्धान अगाडि बढाएको छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ