कोशी प्रदेश प्रमुखको जिम्मेवारी मधेश प्रदेशका प्रमुख कर्णलाई


काठमाडौं। कोशी प्रदेश प्रमुखको जिम्मेवारी मधेस प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णलाई तोकिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (२) बमोजिम कर्णलाई कोशी प्रदेश प्रमुखको कार्यभार तोकेका हुन्।

कोशी प्रदेशका प्रमुख परशुराम खापुङको पाँचवर्षे कार्यकाल पूरा भएपछि उक्त पद रिक्त भएको थियो। कोशी प्रदेशको उक्त रिक्त प्रदेश प्रमुखको ठाउँमा अर्को प्रदेश प्रमुख नियुक्त नभएसम्मका लागि मधेश प्रदेश प्रमुख कर्णलाई अतिरिक्त जिम्मेवारी तोकिएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ