पशुपतिको विद्युतीय शवदाह उपकरण भ्रष्टाचार मुद्दामा फैसला तयारी
काठमाडौं। पशुपति क्षेत्र विकास कोषले खरिद गरेको विद्युतीय शवदाह उपकरण भ्रष्टाचार मुद्दा फैसलाको तयारीमा रहेको छ। विशेष अदालतले उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेर टुंग्याउने तयारी गरेको हो।
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले उक्त भ्रष्टाचार मुद्दालाई हेर्दाहेर्दैमा राखेर टुंग्याउन खोजेको देखिन्छ। बुधबारदेखि सुनुवाई सुरू भएको उक्त मुद्दा बिहीबारलाई पनि हेर्दाहेर्दैमा राखिएको छ। डा. मिलनकुमार थापा समेत १६ प्रतिवादी रहेको उक्त भ्रष्टाचार मुद्दा डेढ वर्षदेखि विशेष अदालतमा विचाराधीन अवस्थामा रहेको थियो। लामो समयको रस्साकस्सीपछि फैसलाको चरणमा प्रवेश गरेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस