सरूवा विवादमा मुछिएपछि नापी र भन्सार विभागको प्रशासन हेर्ने उपसचिव पालिकामा सरूवा
काठमाडौं। कर्मचारीको सरूवा विवादमा मुछिएपछि नापी विभाग र भन्सार विभागका प्रशासन हेर्ने उपसचिवको पालिकामा सरूवा गरिएको छ। नापी विभागमा कार्यरत उपसचिव परमानन्द घिमिरे र भन्सार विभागमा कार्यरत उपसचिव मातृका आचार्यलाई स्थानीय तहमा खटाइएको हो।
नापी विभागमा कार्यरत उपसचिव परमानन्द घिमिरे गुल्मीको रेसुंगा नगरपालिकामा सरूवा गरिएको छ। भन्सार विभागमा कार्यरत उपसचिव मातृका आचार्य बाराको कोल्हवी नगरपालिकामा खटाइएको हो।
नापी विभागमा रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पन्तलाई ल्याइएको छ। त्यस्तै भन्सार विभागका खटाउने गरी बाराको कोल्हवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश श्रेष्ठलाई अर्थ मन्त्रालय वा अन्तर्गत सरूवा गरिएको हो।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी र भन्सारका दुबै उपसचिवलाई ‘डाँडा’ कटाएको छ। नापीका ८५७ र भन्सारका २७२ कर्मचारीको सरूवा बदर भएको थियो। सरूवा बदर भएपछि नापी र भन्सारका प्रशासन हेर्ने उपसचिव स्थानीय तहमा सरूवा भएका हुन्।
क्याटेगोरी : समाचार
ट्याग : #परमानन्द घिमिरे, #मातृका आचार्य


तपाईको प्रतिक्रिया दिनुहोस