जग्गा भेटिएपछि बोडेको होल्डिङ सेन्टरमा बसेकालाई २ दिनभित्र खाली गर्न निर्देशन
भक्तपुर। काठमाडौं उपत्यकाका नदी किनारका जोखिमयुक्त बस्तीबाट विस्थापित भई भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र (होल्डिङ सेन्टर) मा बस्दै आएका परिवारलाई २ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले निर्देशन दिएको छ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचना जारी गर्दै जग्गा देखिएका ७ परिवारलाई होल्डिङ सेन्टर खाली गर्न भनेको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र स्थानीय पालिकाबाट प्राप्त विवरणअनुसार होल्डिङ सेन्टरमा रहेका परिवारका घरमूली वा परिवारका सदस्यको नाममा जग्गा रहेको देखिएकाले उनीहरूलाई होल्डिङ सेन्टर खाली गर्न भनिएको हो।
त्यस्तै, जग्गा नदेखिएका १२ परिवारको हकमा सम्बन्धित पालिकामा जग्गा उपलब्ध गराउने प्रयोजनका लागि निस्सा समेत प्राप्त भएको सूचनामा उल्लेख छ। उनीहरूलाई उक्त निस्सा बुझि होल्डिङ सेन्टर खाली गर्न भनिएको छ। पत्रमा जग्गा नदेखिएका परिवारका लागि नेपाल सरकारले घरभाडास्वरूप तोकेको सुविधा लिन समेत अनुरोध गरिएको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस