कामु मुख्य न्यायाधीशको भरमा चलिरहेका ३ उच्च अदालत
काठमाडौं। ३ उच्च अदालत कायममुकायम (कामु) मुख्य न्यायाधीशको भरमा चलिरहेका छन्। उच्च अदालत जनकपुर, पोखरा र दिपायल कामु मुख्य न्यायाधीशको भरमा चलिरहेका हुन्।
उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएपछि हरिप्रसाद पौडेलले कामु मुख्य न्यायाधीश भएर चलाइरहेका छन्। जनकपुरमा टेकनारायण कुँवर र दिपायलमा दिनेशप्रसाद यादवले कायममुकायम मुख्य न्यायाधीश भएर चलाएको धेरै भइसकेको छ। न्याय परिषद्ले मुख्य न्यायाधीश नियुक्त गर्न ढिलाई गर्दा उच्च अदालत जनकपुर, पोखरा र दिपायल कामुको भरमा चलिरहेका हुन्।
३ मुख्य न्यायाधीशका लागि ५ न्यायाधीश अहिले मुख्य प्रतिस्पर्धामा देखिन्छ। दिनेशप्रसाद यादव, कृष्णलाल भट्टराई, यमुना भट्टराई, टेकनारायण कुँवर र विपुल न्यौपानेलाई मुख्य प्रतिस्पर्धीको रूपमा हेरिएको छ।
दिनेश उच्च अदालत दिपायलको कायममुकायम मुख्य न्यायाधीश, कृष्णलाल उच्च अदालत विराटनगर, धनकुटा इजालसका न्यायाधीश, यमुना उच्च अदालत पोखरा, बागलुङ इजलासको न्यायाधीशको भूमिका छिन्। टेकनारायण उच्च अदालत जनकपुरका कायममुकायम मुख्य न्यायाधीश र विपुल उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश हुन्। उनीहरू एकैदिन उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए। ३ उच्च अदालतमा मुख्य न्यायाधीश नियुक्त हुन नसक्दा कायममुकायमको भरमा चलिरहेको हो।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस