डा. लोचन कार्कीको परिवारद्वारा गुरुकुललाई अमूल्य योगदान, २० रोपनी जग्गा दान


काठमाडौं । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीको परिवारले भोजपुरको गुरुकुललाई अमूल्य योगदान पुर्‍याएको छ । भोजपुरको अरुण गाउँपालिका वडा नम्बर ३ स्थित मर्‍याङ डाँडामा बन्दै गरेको गुरुकुल निर्माणका लागि डा. कार्कीको परिवारले अमूल्य योगदान पुर्‍याएको हो ।

डा. कार्कीका पिता राजनीतिज्ञ एवं समाजसेवी तोरण कार्कीले गुरुकुललाई आफ्नो नाममा रहेको २० रोपनी जग्गानै दान गरेका छन् । उक्त जग्गाको मूल्य करोड हाराहारी पर्छ ।

अरुण बहुउद्देश्यीय आध्यात्मिक प्रतिष्ठानका सचिव एवं व्यवस्थापक सोमनाथ शर्मा कोइरालाले तोरण कार्की र डा. लोचन कार्कीको परिवार प्याउलीमा गुरुकुल निर्माण गर्न अमूल्य योगदान गरेको बताए ।

समाजसेवी तोरण कार्की धर्मपत्नीका साथ

उनले कार्की परिवारले गरेको योगदानको जतिनै कदर गरेपनि नपुग्ने स्वास्थ्य लाइभलाई सुनाए । कार्की परिवारले २० रोपनी जग्गा प्रतिष्ठानको नाममा दिइसकेको छ ।

त्यस्तै घर लगायतकाका संरचना पनि प्रतिष्ठानलाई प्रयोग गर्न दिएकाले त्यसको हिसाब गर्दा ३० रोपनी बढी प्रतिष्ठानले प्रयोग गरिरहेको व्यवस्थापक शर्माको भनाइ छ ।

गुरूकुलका लागि स्थानीय रेवती सापकोटा र रविन्द्र सापकोटाबाट समेत ५ रोपनी जग्गा प्राप्त भएको छ । गौचर पनि गुरूकुलले उपभोग गरिरहेको छ । यो सबै डा. लोचनका बुवा तोरण बाले नैँ मिलाएको शर्माले जानकारी दिए । अन्य थुप्रै स्थानीयबाट ठूलो सहयोग प्राप्त गरेको उनको प्रतिक्रिया छ ।

हिजो मात्र उक्त गुरूकुलको पूर्व अर्थ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री शंकरप्रसाद कोइरालासहितको टोलीले अवलोकन गरेका छ । यो गुरूकुलका लागि उनको पनि ठूलो योगदान रहेको छ ।

प्याउलीमा बन्न लागेको गुरूकुल नेपालकै नमूना हो । उक्त ठाउँमा बहुउद्देश्यीय सामुदायिक गृह, हिन्दु मन्दिर, बौद्ध गुम्बा , किराँत घर एकसाथ बन्ने छन् । योग र ध्यान केन्द्रहरु पनि बनाउने गुरुयोजना रहेको व्यवस्थापक शर्माले बताए । ‘तीनवटै धर्मका पाठशाला र आवास छुट्टाछुट्टै हुन्छन् ।  सबै जात, धर्म समेटिएको साँस्कृतिक संग्रहालय बन्ने छ । वृहत्त गौशाला र अन्न क्षेत्रको पनि व्यवस्थापन गरिने छ । यो नेपालकै नौलो र उत्कृष्ट मोडल हो ।’, व्यवस्थापक शर्माले भने ।

अरुण गाउँपालिकाको प्याउलीमा गुरूकुल निर्माण गर्न भोजपुर जिल्लाका ९ वटै स्थानीय तहको लगानी छ । हिन्दु , बौद्ध किराँत तीनवटै धर्मका अनुयायीहरू एकसाथ वृहत्त गुरूकुल निर्माणमा सक्रियतापूर्वक लागेका छन् ।

डा. लोचन कार्कीले व्यक्तिगत तर्फबाट कम्प्युटर, प्रिन्टर, इन्भटर र सीसी क्यामेरा जडान गरिदिएको व्यवस्थापन शर्माले बताए । त्यसैले गुरूकुललाई कार्की परिवारले गरेको योगदान अमूल्य रहेको उनको भनाइ छ ।

अरुण बहुउद्देश्यीय आध्यात्मिक प्रतिष्ठानका अध्यक्ष चुडामणि दाहाल हुन् । उनी प्याउलीमा गुरुकुल बनाउन निकै सक्रियतापूर्वक लागेका छन् । उनलाई साथ दिनेमा उपाध्यक्षत्रय नारायण प्रसाद घिमिरे, कविता राई र इन्द्रबहादुर पुलामी रहेका छन् । त्यस्तै सचिव सोमनाथ कोइराला, सहसचिव होमबहादुर श्रेष्ठ, कोषाध्यक्ष रमेश खत्री र सह-कोषाध्यक्ष हरिप्रसाद गौतमको पनि अतुलनीय योगदान रहेको छ ।

प्रतिष्ठानको सदस्यहरुमा डिल्ली सापकोटा, नारायण खनाल, शिवराज सापकोटा, निरज राई, सम्झना पौडेल, सानुमाया तामाङ र वविता विक रहेका छन् । तोरण कार्की, चूडा कार्की आदि संस्थापक सदस्य रहेको प्रतिष्ठानका सचिव कोइरालाले जनाए ।

प्राथमिक स्वास्थ्य केन्द्र प्याउली नजिकै उक्त गुरूकुल निर्माण भइरहेको छ ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #अध्यक्ष चुडामणि दाहाल, #अरुण गाउँपालिका भोजपुर, #अरुण बहुउद्देश्यीय आध्यात्मिक प्रतिष्ठान, #गुरूकुल, #जग्गा जमिन दान, #डा. लोचन कार्की तोरण कार्की, #मर्‍याङ डाँडा प्याउली, #सोमनाथ शर्मा कोइराला

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com