अदालतमा मुद्दा खेपिरहेका परराष्ट्रका दुई ‘ब्याची’ सहसचिव


काठमाडौं। परराष्ट्र मन्त्रालयका दुई सहसचिव अदालतमा मुद्दा खेपिरहेका छन्। परराष्ट्र सेवाका सहसचिवहरू तीर्थराज अर्याल पुष्पराज भट्टराई अहिले अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेका हुन्।

सहसचिव अर्याल विद्युतीय राहादानी खरिद घोटालामा भ्रष्टाचार मुद्दा लागेर विशेष अदालतमा धाइरहेका छन्। पाँच तिब्बती शरणार्थीका नाममा फर्जी कागजात बनाएर गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको अभियोग काठमाडौं जिल्ला अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेका हुन्।

अर्याल राहदानी विभागको महानिर्देशकको भूमिकामा भ्रष्टाचार मुद्दामा डामिएका हुन्। भट्टराई १७ वर्षअघि शाखा अधिकृत हुँदा नक्कली कागजातका आधारमा ट्राभल डकुमेन्ट जारी गरेको अभियोगमा मुद्दा लागेका हुन्। परराष्ट्र मन्त्रालयको सहसचिव भट्टराईले पनि अदालतमा मुद्दा खेपिरहेका छन्।

तीर्थराज अर्याल र पुष्पराज २०६९ चैतमा आन्तरिक प्रतिस्पर्धाबाट उपसचिव भएका हुन्। एकैदिन उपसचिव भएका अर्याल र भट्टराई एक वर्ष अघिपछि सहसचिवमा बढुवा भएका हुन्। अर्याल २०८० माघ र भट्टराई २०८१ माघमा सहसचिव भएका थिए। अर्याल र भट्टराई दुबैलाई २०८३ सालमा मुद्दा दायर भएको हो। परराष्ट्रका सहसचिव अर्याल असार र भट्टराईविरुद्ध साउनमा भ्रष्टाचार मुद्दा दायर भएको हो। अर्यालले भट्टराईलाई सहसचिव बढुवामा जस्तै मुद्दामा पनि पछाडि पारेको देखिन्छ।

अर्याल ५८ वर्ष पूरा भएर असारमा अनिवार्य अवकाशमा जाने सूचीमा रहेका छन्। उनको जागिर ८ महिना जति बाँकी छ। भट्टराईको जागिर पनि एक/डेढ वर्ष बाँकी देखिन्छ। मुद्दा खेपिरहेका दुबै सहसचिव ३०/५५ दुबै मापदण्ड पार गरिसकेका छन्। पेन्सन खाने बेलामा सहसचिवद्वय अर्याल र भट्टराई अदालतमा मुद्दा खेपिरहेका हुन्। दुबै सहसचिव अदालत धरौटी बुझाएर छुटेका हुन्। उनीहरूको मुद्दा अदालतमा विचाराधीन छ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #तीर्थराज अर्याल, #पुष्पराज भट्टराई

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ