चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि आक्रमण गर्ने समातिए


काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.श्रीकृष्णमाथि आक्रमण गर्ने समातिएको छ । महानगरी प्रहरी वृत्त बानेश्वरका डिएसपी मीमबहादुर लामाले आयोगका उपाध्यक्ष डा. गिरीको गाडीमा ढुंगा प्रहार गरेको अभियोगमा केही व्यक्ति पक्राउ गरेको पुष्टी गरे ।

घरबाट अफिस जाने क्रममा काठमाडौंको काँडाघारीमा डा. गिरी चढेको गाडीमाथि ढुंगा प्रहार भएको थियो । उनी चढेको गाडीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न आयोगले माग गरेको झन्डै दुईहप्ता लगाएर प्रहरीले ६ जना व्यक्तिलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ । प्रहरी स्रोतकाअनुसार मोटर साइकल र स्कुटरमा पछ्याएर डा. गिरीमाथि युवाहरुको समूहले आक्रमण गरेको तथ्य खुलेको छ ।

प्रहरीले सोलुखुम्बु घर भएका २७ वर्षीय चेतबहादुर बस्नेत, सल्यान घर भएका ३२ वर्षीय अर्जुन बुढाथोकी, रामेछाप घर भएका ३७ वर्षीय तुलबहादुर थापा मगर, दोलखा घर भएका पेनसन शेर्पा,  काभ्रे घर भएका डम्बर जिम्बा र काभ्रे नै घर भएका अर्का व्यक्ति धिरज तामाङ पक्राउ गरी बानेश्वर वृत्तमा राखेर अनुसन्धान गरिरहेको छ ।

चीनमा चिकित्सा शिक्षाको स्नातक (एमबीबीएस) कोर्ष गरिरहेका विद्यार्थीहरू र निजी मेडिकल कलेजका विरूद्धमा लागेका विद्यार्थीहरूको समूह डा. गिरी र आयोगमाथि आक्रामक रहँदै आएको थियो । उनीहरूको संलग्नताबारे पनि अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ## आक्रमण, #६ अभियुक्त समातिए, #उपाध्यक डा. श्रीकृष्ण गिरी, #काँडाघारी, #चिकित्सा शिक्षा आयोग, #प्रहरी वृत्त बानेश्वर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com