कसले गर्‍यो चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीको गाडीमा आक्रमण ?


काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको गाडीमा आक्रमण भएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।

उपाध्यक्ष गिरी निवासबाट कार्यालय जाँदै गर्दा आज (बिहीबार) बिहान ११ बजे काँडाघारीमा अज्ञात समूहले ढुङ्गा प्रहार गरी आक्रमण गरेको र गाडीको पछाडिको भागको सिसा फुटेको आयोगले जनाएको हो ।

आयोगले विज्ञप्तिमार्फत आक्रमणको घटनाप्रति घोर भर्त्सना गर्दै संलग्नमाथि कारबाहीको माग गरेको छ ।  ‘ राष्ट्रिय चिकित्सा ऐन तथा नियमावलीको प्रावधानभित्र रहेर निष्पक्ष र निष्ठापूर्वक उच्च मनोबलका साथ सेवा प्रवाह गरिरहेको अवस्थामा यस प्रकारको जघन्य घटनाको आयोग घोर भर्त्सना गर्दछ। साथै उक्त कार्यमा संलग्न व्‍यक्तिरसमूहको पहिचान गरी कडा भन्दा कडा कारबाही गर्न आयोग नेपाल सरकार समक्ष अनुरोध गर्दछ ।’ आयोगका सदस्य सचिव डा. भोजराज शर्मा काफ्लेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com