सचिवले आईजीपीलाई फूली लगाउने परम्परा तोडियो, गृहमन्त्रीले लगाइदिए
काठमाडौं। सचिवले आईजीपीलाई फूली लगाउने विगतको परम्परा तोडिएको छ। बुधबार मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा बढुवा गरेका डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुदन गुरूङले फूली लगाइदिएका छन्। विगतमा गृहसचिवले लगाइदिने फूली यसपटक गृहमन्त्रीले लगाइदिएका हुन्।
गृहसचिव र आईजीपी दुबै विशिष्ट श्रेणीका हुन्। एउटै श्रेणीका कर्मचारीले आईजीपीलाई फूली लगाइदिँदा अलि मिलेको थिएन। आईजीपीलाई गृहमन्त्रीले फूली लगाउनु न्याय र औचित्यपूर्ण हुन्छ। यसले प्रहरी संगठनको ‘मोराल’ बढाएको छ। गृहमन्त्रीले आईजीपीलाई फूली लगाउदा प्रहरी संगठनको मनोबल बढेको हो। अब नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपीलाई गृहमन्त्रीले नै फूली लगाउने परम्परालाई निरन्तरता दिन जरूरी छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस