खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक कलंकीमा


काठमाडौं : नेकपा एमालेका नेता माधव नेपाल समूहको स्थायी कमिटीको आकस्मिक बैठक बसेको छ ।

कलंकीस्थित मेघा पार्टी प्यालेसमा आज दिउँसो दुई बजेपछि नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको हो ।

भोली (बैशाख १६) देखि काठमाडौं उपत्यकामा दुई साता लामो लकडाउन घोषणा भएकाले नेपाल समूहको आकस्मिक बैठक बसेको हो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्रले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने चर्चा भइरहेका बेला नेपाल समूहको बैठक बस्न लागेको हो ।

नेपाल समूहले सरकारविरुद्ध अविश्वासको प्रस्ताव आए आफ्नो समर्थन रहने सूचना कांग्रेस र माओवादी केन्द्रलाई दिएको बताइन्छ ।

केहि दिन अघि एमाले नेता नेपाल र अर्का बरिष्ठ नेता झलनाथ खनालले कांग्रेस सभापति देउवालाई भेटेर सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भए आफूहरुले सहयोग गर्ने बचन दिएको बताइन्छ ।

एमालेभित्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल समूहको द्वन्द्ध कायमै छ ।

ओलीले नेपालसहित चार नेतालाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरिसकेका छ्रन् भने अन्य २७ सांसदलाई स्पष्टिकरण सोधेका थिए ।

सरकारविरुद्ध अविश्वासको प्रस्ताव आए नेपाल समूहका केही सांसदले फ्लोर क्रस गर्ने अध्यक्ष ओली समहूको आशंका छ ।

नेपाल समूहका चार सांसदले फ्लोर क्रस गरेर कर्णालीमा माओवादी केन्द्रको सरकार जोगाइदिएका थिए ।

क्याटेगोरी : समाचार
ट्याग : #माधव नेपाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com