फ्रन्टलाइन अस्पतालको क्यान्टिनलाई ५० हजार जरिवाना
काठमाडौं । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालको क्यान्टिन दर्ताबिना सञ्चालन भइरहेको पाइएपछि वाणिज्य विभागले कारबाही गरेको छ। विभागले विशेष उजुरीका आधारमा गरेको अनुगमनका क्रममा क्यान्टिन दर्ता नगरी सञ्चालन भइरहेको भेटिएपछि ५० हजार रुपैयाँ जरिवाना गरेको हो।
प्राप्त उजुरीका आधारमा अनुगमनमा गएको विभागको टोलीले अस्पताल परिसरमा सञ्चालन भइरहेको क्यान्टिनको निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा क्यान्टिन आवश्यक दर्ता प्रक्रियाबिना सञ्चालन भइरहेको पाइएपछि विभागले जरिवाना गर्ने निर्णय गरेको हो।
अस्पतालमा उपचारका लागि आउने बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीले समेत क्यान्टिनबाट खाद्य तथा पेय पदार्थ उपभोग गर्ने भएकाले यस्ता सेवा प्रदायकले प्रचलित कानुनी प्रावधान पालना गर्नु आवश्यक हुन्छ। अस्पताल परिसरमा सञ्चालन हुने क्यान्टिनले व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया पूरा गर्नुका साथै उपभोक्ताको हित र खाद्य सुरक्षामा समेत ध्यान दिनुपर्ने हुन्छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस