अर्थ सचिव उपाध्यायसँगै उपसचिव भएका चेम्जोङ र कुमारी सहसचिव बन्ने तरखरमा
काठमाडौं। अर्थ सचिव घनश्याम उपाध्यायसँगै नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहको उपसचिव बनेका गोमादेवी चेम्जोङ र प्रदर्शनी कुमारी सहसचिव बन्न तरखरमा छन्। उपाध्याय सहसचिव हुँदै सचिव भएको पनि ३ वर्ष पूरा भइसकेको छ। उपाध्याय सचिवबाट अवकाशउन्मुख भइरहेका बेला चेम्जोङ र कुमारी सहसचिवमा बढुवा हुने तरखरमा लागेका हुन्।
२०६९ बैशाखमा एकैदिन उपाध्यायसहित पुष्पराज शाही, चेम्जोङ र कुमारी उपसचिव भएका थिए। शाही सहसचिव भएर सरूवाको विषयलाई लिएर सरकारविरूद्ध मुद्दा खेलिरहेका छन्। शाहीलाई धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाउदा मुद्दा हालेर बसेका हुन्। उपाध्याय अर्थ सचिवको भूमिकामा छन्। आदिवासी/जनजाति कोटाबाट उपसचिव भएकी चेम्जोङ र मधेशी कोटाबाट उपसचिव भएकी प्रदर्शनी कुमारी सहसचिव बढुवा हुने सूचीमा परेका हुन्। त्यही समयमा उपसचिव भएका राजेन्द्रप्रसाद आचार्य र आत्माराम सत्याल पनि सहसचिव बढुवाको लाइनमा देखिन्छन्।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस