सुशीला कार्कीको पालामा जिल्लाबाट पुगेका २ न्यायाधीश मात्र उच्चमा
सर्वाेच्चमा सिफारिस हुने जिल्लाबाट आएका एक मात्र न्यायाधीश सारू
काठमाडौं। तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की न्याय परिषद्को अध्यक्ष हुँदा २०७३ पुस अन्तिम साताको मध्यरातमा उच्च अदालतमा एकैपटक ८० जना न्यायाधीश नियुक्त भएका थिए। संविधानसभाबाट संविधान जारी भएपछि पहिलोपटक उच्चमा ८० जना न्यायाधीश नियुक्त भएका हुन्। यिनीहरूमध्ये ३४ जना जिल्ला न्यायाधीशबाट उच्चमा नियुक्त भएका थिए। उच्चमा पुगेका ३४ न्यायाधीशमध्ये अब टेकनारायण कुँवर र चन्द्रबहादुर सारू मात्र बाँकी रहेका छन्। सारू सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएकाले उच्चमा कुँवरले ‘बिउ’ जोगाएका हुन्।
न्याय परिषद् तात्कालीन अध्यक्ष कार्की, सदस्यद्वय अजयशंकर नायक (कानुनमन्त्री) र प्रधानमन्त्रीको सिफारिसमा नियुक्त न्याय परिषद्का सदस्य पदमप्रसाद वैदिकले बहुमतका आधारमा उच्च अदालतमा ८० जना न्यायाधीश नियुक्त गरेका थिए। न्याय परिषद्का सदस्य सर्वाेच्चका वरिष्ठतम न्यायाधीश वैद्यनाथ उपाध्याय र नेपाल बारबार आएका सदस्य रामप्रसाद सिटौलाले उक्त न्यायाधीश नियुक्ति हुने बैठक बहिष्कार गरेका थिए। बहुमतका आधारमामा नियुक्त भएका ८० जना न्यायाधीशमध्ये हाल ३५ जना जति सर्वाेच्च र उच्च अदालतमा बाँकी देखिन्छन्।
८० मध्ये ५ न्यायाधीश सर्वोच्चमा छन् भने ३ फेरि सर्वोच्चमा नियुक्तिका लागि सिफारिस भएका हुन्। उच्चमा एकैपटक नियुक्त भएका ८० न्यायाधीशमा महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, नित्यानन्द पाण्डे, श्रीकान्त पौडेल र शान्तिसिंह थापा सर्वोच्चमा न्यायाधीश छन्। अहिले फेरि त्यहिँ ८० जना न्यायाधीशमध्येबाट चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी सर्वाेच्चको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका हुन्। ८० न्यायाधीशमध्ये जिल्लाबाट उच्च हुँदै सर्वाेच्च पुग्ने सारू एक्ला न्यायाधीशमा पर्छन्। सारू सर्वोच्चमा उक्लिने भएपछि अब उच्चमा जिल्ला आएका ३४ न्यायाधीशमध्ये टेकनारायण कुँवर एक्लो भएका छन्।
२०७३ पुसमा उच्च अदालतमा एकैपटक ८० न्यायाधीश नियुक्ति हुँदा २०५८ सालमा जिल्ला न्यायाधीश भएका १३ जना र २०६३ सालमा जिल्ला न्यायाधीश भएकाबाट २१ जना गरी ३४ जना उच्चको न्यायाधीशमा नियुक्त भएका थिए। २०५८ सालमा जिल्ला न्यायाधीश हुँदै २०७३ मा उच्चमा आएका १३ जनामध्ये कोही पनि न्यायाधीश बाँकी छैनन्। २०६३ सालमा जिल्ला न्यायाधीश भएर २०७३ सालमा उच्चमा आएका २१ जना न्यायाधीशमध्ये टेकनारायण कुँवर र चन्द्रबहादुर सारू मात्र बाँकी छन्। जिल्लाबाट उच्च हुँदै सर्वोच्च पुग्ने ३४ जनामध्ये सारू एक्ला न्यायाधीशमा ‘दर्ज’ भएका हुन्।
२०५८ सालमा जिल्ला न्यायाधीश भएका बालेन्द्र रुपाखेती, अजयराज उपाध्याय, विनोदमोहन आचार्य, भोलानाथ चौलागाईं, अच्युत बिष्ट, यज्ञराज भट्ट, शेखरप्रसाद पौडेल, बालचन्द्र शर्मा, ईश्वरराज आचार्य, रामप्रसाद अधिकारी, गोपाल भट्टराई, रामप्रसाद ओली र जगतप्रसाद श्रेष्ठ उच्चमा पुगेका थिए। उनीहरू सबै अवकाशमा गइसकेका छन्।
त्यस्तै २०६३ सालका जिल्ला न्यायाधीशबाट उच्चमा पुग्नेमा नारायणप्रसाद श्रेष्ठ, नारायणप्रसाद पोखरेल, भोजराज अधिकारी, रमेशकुमार खत्री, दयानाथ खरेल, शेखरचन्द्र अर्याल, शालिग्राम कोइराला, विष्णुप्रसाद कोइराला, लक्ष्मीकृष्ण श्रेष्ठ, कृष्णकमल अधिकारी, चिन्तामणि बराल, अनन्तराज डुम्रे, राजेन्द्र खरेल, ठाकुरप्रसाद शर्मा पौडेल, हरिप्रताप के.सी, कृष्णबहादुर थापा, अच्युतप्रसाद भण्डारी, ऋषिप्रसाद अधिकारी, बलभद्र वास्तोला, टेकनारायण कुँवर र चन्द्रबहादुर सारू रहेका थिए। अब कुँवर र सारू मात्र बाँकी देखिन्छन्। ३४ जिल्ला न्यायाधीशमध्ये अन्तिम नम्बरमा सिफारिस भएका सारूले सर्वोच्चमा फड्को मार्ने प्रक्रियामा छन्।
एकैपटक उच्चमा पुगेका ३४ जिल्ला न्यायाधीश
१, श्री बालेन्द्र रुपाखेती,
२,श्री अजयराज उपाध्याय,
३. श्री विनोदमोहन आचार्य,
४.श्री भोलानाथ चौलागाईं
५. श्री अच्युत बिष्ट,
६. श्री यज्ञराज भट्ट,
७. श्री शेखरप्रसाद पौडेल,
८. श्री बालचन्द्र शर्मा,
९. श्री ईश्वरराज आचार्य,
१०. श्री रामप्रसाद अधिकारी,
११. श्री गोपाल भट्टराई,
१२. श्री रामप्रसाद ओली,
१३. श्री जगतप्रसाद श्रेष्ठ,
१४ नारायणप्रसाद श्रेष्ठ,
१५. श्री नारायणप्रसाद पोखरेल,
१६. श्री भोजराज अधिकारी,
१७. श्री रमेशकुमार खत्री,
१८. श्री दयानाथ खरेल,
१९. श्री शेखरचन्द्र अर्याल,
२०. श्री शालिग्राम कोइराला,
२१. श्री विष्णु प्रसाद कोइराला,
२२. श्री लक्ष्मीकृष्ण श्रेष्ठ,
२३. श्री कृष्णकमल अधिकारी,
२४. श्री चिन्तामणि बराल,
२५. श्री अनन्तराज डुम्रे,
२६. श्री राजेन्द्र खरेल,
२७. श्री ठाकुरप्रसाद शर्मा पौडेल,
२८. श्री हरिप्रताप के.सी.,
२९. श्री कृष्णबहादुर थापा,
३०. श्री अच्युतप्रसाद भण्डारी,
३१. श्री ऋषिप्रसाद अधिकारी,
३२. श्री बलभद्र वास्तोला,
३३. श्री टेकनारायण कुँवर,
३४. श्री चन्द्रबहादुर सारू, (सर्वाेच्चमा सिफारिस)
क्याटेगोरी : समाचारट्याग : #अच्युत बिष्ट, #अच्युतप्रसाद भण्डारी, #अजयराज उपाध्याय, #अनन्तराज डुम्रे, #ईश्वरराज आचार्य, #ऋषिप्रसाद अधिकारी, #कृष्णकमल अधिकारी, #कृष्णबहादुर थापा, #गोपाल भट्टराई, #चन्द्रबहादुर सारू, #चिन्तामणि बराल, #जगतप्रसाद श्रेष्ठ, #टेकनारायण कुँवर, #ठाकुरप्रसाद शर्मा पौडेल, #दयानाथ खरेल, #नारायणप्रसाद पोखरेल, #नारायणप्रसाद श्रेष्ठ, #बलभद्र वास्तोला, #बालचन्द्र शर्मा, #बालेन्द्र रुपाखेती, #भोजराज अधिकारी, #भोलानाथ चौलागाईं, #यज्ञराज भट्ट, #रमेशकुमार खत्री, #राजेन्द्र खरेल, #रामप्रसाद अधिकारी, #रामप्रसाद ओली, #लक्ष्मीकृष्ण श्रेष्ठ, #विनोदमोहन आचार्य, #विष्णुप्रसाद कोइराला, #शालिग्राम कोइराला, #शेखरचन्द्र अर्याल, #शेखरप्रसाद पौडेल, #हरिप्रताप के.सी


तपाईको प्रतिक्रिया दिनुहोस