दसैँ बिदामै अवकाशमा गए दुई सहसचिव
काठमाडौं। दसैँ बिदामा नेपाल सरकारका दुई सहसचिव अनिवार्य अवकाशमा गएका छन्। दसैँको बिदा बीचमै सहसचिवद्वय शरदकुमार शर्मा र हरिशरण पुडासैनी अनिवार्य अवकाशमा गएका हुन्। उनीहरू सोमबार कार्यालयमा हाजिर हुने छैनन्।
राष्ट्रिय तथ्याङ्क कार्यालय सहसचिव शरदकुमार शर्मा कार्तिक ५ गतेबाट अनिवार्य अवकाशमा गइसकेका छन्। उनी ५८ वर्ष पूरा भएर दसैँ बिदाबीचमै अवकाशमा गएका हुन्।
राष्ट्रिय योजना आयोगका सहसचिव हरिशरण पुडासैनी आजबाट अवकाशमा गएका हुन्। कार्तिक ७ गतेबाट अनिवार्य अवकाशमा जाने सूचीमा रहेका सहसचिव पुडासैनी ५८ वर्ष पूरा भइसकेका छन्। त्यसैले उनी दसैँ बिदामै अवकाशमा गएका हुन्।
कार्तिक महिनाभित्रै सहन्यायाधिवक्ता गंगाप्रसाद पौड्याल, सहसचिव महेशचन्द्र न्यौपाने, हरिकुमार पोखरेल, दीर्घनारायण कोइराला र रूद्रप्रसाद लामिछाने अवकाशमा जानेछन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव महेशचन्द्र न्यौपाने कार्तिक १६ गतेसम्म जागिर भएपनि उनले त्यस अगाडि नै बिदा लिएर हिँडेका छन्।
क्याटेगोरी : समाचारट्याग : #शरदकुमार शर्मा, #हरिशरण पुडासैनी


तपाईको प्रतिक्रिया दिनुहोस