शिक्षाबाट आएका ‘ब्याची’ सचिवको असहज बहिर्गमन


काठमाडौं। शिक्षा प्रशासन समूहबाट आएका ‘ब्याची’ सचिवको असहज बहिर्गमन भएको छ। उक्त समूहबाट आएका टेकनारायण पाण्डे र कमलप्रसाद पोखरेल (शर्मा)को सचिवबाट असहज बहिर्गमन भएको हो। दुबैजना सचिवको अवधि बाँकी छँदै जागिर छाड्ने बाध्यतामा परेका हुन्।

२०६७ फागुनमा शिक्षा प्रशासन समूहको सहसचिवहरूमा टेकनारायण पाण्डे र कमलप्रसाद पोखरेल (शर्मा) नियुक्त भएका थिए। आन्तरिक प्रतिस्पर्धाबाट पाण्डे र पोखरेल सहसचिव भएका हुन्। सचिवमा बढुवा भएका पाण्डे र पोखरेल अवधि पूरा नगरी जागिर गुमाउनेमा परेका छन्।

२०७६ साल फागुन १२ गते सचिवमा बढुवा भएका थिए। सचिवको ५ वर्ष अवधि पूरा गरेर २०८१ फागुनमा अवकाशमा जानु पर्ने सूचीमा रहेका पाण्डे त्यस अगाडि नै नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएर जेलमा पुगे। पाण्डे जेलमा हुँदै अवकाशमा गएका हुन्।

पाण्डेसँगैका सहसचिव पोखरेल सचिव हुनलाई आवश्यक पर्ने ‘एसईडिपी’ तालीम छलेर ढिलो सचिव भएका थिए। २०८१ असोज २ गते सचिवमा बढुवा भएका पोखरेलले एक वर्ष जागिर बाँकी छँदै सचिव पदबाट राजीनामा दिएर हिँडेका छन्। सचिव पोखरेलको जागिर २०८४ भदौं २३ गतेसम्म बाँकी थियो। उनले गत साउनमै राजीनामा दिएर हिँडेका हुन्।

बेलैमा ‘एसईडिपी’ तालीम लिएर पाण्डेसँगै सचिव भएका भए पोखरेलले ५ वर्ष पूरा सचिव चलाउन पाउने थिए। ३ वर्ष सचिव चलाउने भएपनि पोखरेलले २ वर्ष पूरा पूरा नहुँदै सचिव पदबाट राजीनामा दिएर हिँडेका हुन्। पाण्डेको जस्तै पोखरेलको पनि सचिव पद र निजामती सेवाबाट असहज बहिर्गमन भएको छ। पाण्डेले जस्तो पोखरेलले भने जेल जीवन बिताउनु परेको छैन। त्यस्तै परिस्थिति आउला भनेर उनले बेलैमा राजीनामा दिएर हिँडेको चर्चा हुने गरेको छ। एउटै ‘ब्याच’का सहसचिव पाण्डे र पोखरेलको सचिवबाट असहज बहिर्गमन भएको देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #कमलप्रसाद पोखरेल (शर्मा), #टेकनारायण पाण्डे

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ