दोलखामा डियुटीमा खटिएका चिकित्सकमाथि हातपात


काठमाडौं ।  दोलखा तामाकोशी गाउँपालिकाको कोभिड- १९ अस्पताल मालुमा डियुटीमा खटिएका चिकित्सक माथि हातपात भएको छ ।
अस्पतालका मेडिकल अफिसर डा. रोबिश कार्कीका अनुसार असार गते मध्यराती १२ बजे दोलखाको मालु अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सहयोगीमाथि अभद्र व्यवहार , गालीगलौज, धम्कीसहित हातपात भएको हो ।
गोपाल तिमल्सिना, रोशन पोखरेल, विजुली नेपाली र कुमार श्रेष्ठ समूहले आफ्नो खुट्टामा रहेको समस्या लिएर आउँदा स्वास्थ्यकर्मीले स्वास्थ्य अवस्थाको सोधपुछ गर्दा उक्त समूहले एक्कासी आक्रमण गरेको कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । घटनामा संलग्न दोषीमाथि कडा भन्दा कडा कारबाही गर्नसमेत उनले माग गरेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com