पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान
चीन भ्रमणको क्रममा पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ, ५ कात्तिकः
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र चीनको भ्रमणमा जाने क्रममा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा।
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्। चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुनका लागि उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन्।
परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ। भण्डारीले उक्त सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सोमबार स्वदेश फर्कने गरी पूर्वराष्ट्रपति भण्डारी चीनतिर प्रस्थान गरेकी हुन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस