एम्बुलेन्समा भेटियो ५७४ किलो गाँजा


काठमाडौं। एम्बुलेन्समा ५७४ किलो गाँजा भेटिएको छ। प्रहरीले सुनसरीको दुहबीमा एम्बुलेन्सबाट ५७४ किलोभन्दा बढी गाँजा बरामद गरेको हो।

दुहबी नगरपालिका-६ स्थित बूढी खोलाको किनारमा ना ४ च ६०६३ नम्बरको एम्बुलेन्स बेवारिसे अवस्थामा फेला इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ। प्रहरीको सीआरभी टोलीले एम्बुलेन्स जाँच गर्दा गाँजाजस्तो देखिने पदार्थ ५७४ किलो ८७० ग्राम बरामद गरेको हो।

इटहरीबाट विराटनगरतर्फ एम्बुलेन्समा गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दा ५७४ किलो गाँजा भेटिएको प्रहरीको भनाइ छ। गाँजा र एम्बुलेन्स नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ