चक्रपथमा ३ दिन सशस्त्रका दुईवटा गाडी नि:शुल्क गुड्ने
काठमाडौं । चक्रपथमा ३ दिन सशस्त्रका २ वटा गाडी नि:शुल्क गुड्ने भएका छन्। दशैको ३ दिन (विजयादशमी)सम्म काठमाडौंको चक्रपथमा प्रहरी बलले निःशुल्क बस सेवा गर्ने भएको हो।
सशस्त्रको २ वटा बस आजबाट उपत्यकाभित्र ३ दिनसम्म निःशुल्क सञ्चालन भएका छन्। २ वटा बस बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछन्। दुबै बसले चक्रपथमा यात्रुलाई निःशुल्क सेवा दिने भएका हुन्।
एउटा बस सशस्त्र प्रहरी बलको हेडक्वार्टर स्वयम्भू हलचोक हुँदै सितापाइला, कलङ्की, बल्खु, कोटेश्वर,नयाँ बसपार्क हुँदै चक्रपथ परिक्रमा गर्नेछ। अर्को बस हलचोकबाट निस्केर सानो भऱ्याङ, ठूलो भऱ्याङ, बालाजु, नयाँ बसपार्क, कोटेश्वर,सातदोबाटो बल्खु, कलंकी हुँदै हलचोक पुग्नेछ। सशस्त्रका २ वटा बस विपरीत दिशाबाट चक्रपथ परिक्रमा गर्ने गरी रूट तय गरिएको हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस