प्रधानन्यायाधीश शर्मासँगै पुनरावेदनमा अस्थायी न्यायाधीश भएका ४ जना न्यायाधीश उच्चमै
काठमाडौं। संविधानसभाबाट संविधान जारी हुनुभन्दा अगाडि मनोजकुमार शर्मा तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भएका थिए। संविधान जारी भएपछि उनी पुनरावेदन अदालतको अस्थायी न्यायाधीशबाट पदमुक्त भए। त्यसपछि शर्मा सीधै सर्वोच्चमा न्यायाधीश नियुक्त भएर अहिले प्रधानन्यायाधीशको भूमिकामा रहेका छन्। उनीसँगै अस्थायी न्यायाधीशबाट पदमुक्त भएका नित्यानन्द पाण्डे र शान्तिसिंह थापा पनि हाल सर्वोच्च अदालतका न्यायाधीश हुन्।
राजेश्वर तिवारी, दिनेशप्रसाद यादव, कृष्णलाल भट्टराई र यमुना भट्टराई उच्च अदालतमै कार्यरत छन्। तिवारी उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीशको भूमिकामा छन् भने यादवले उच्च अदालत दिपायलको कायममुकायम मुख्य न्यायाधीशको भूमिका पाएका हुन्। प्रधानन्यायाधीश शर्मासँगै अस्थायी न्यायाधीश भएका २ सर्वाेच्च र ४ उच्च अदालतमा कार्यरत छन्।
संविधानसभाबाट संविधान जारी हुनुभन्दा अगाडि तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीशमा शर्मासहित रामेश्वरनाथ अमात्य, विमलप्रसाद ढुंगेल, रामचन्द्र राई, सहदेवप्रसाद बास्तोला, हिमालयराज पाठक, नारायणप्रसाद धिताल, महेन्द्रराज गौतम, राजेन्द्रकुमार पोखरेल, ऋषिराम दवाडी, रमेशकुमार पोखरेल, सरोजराज गौतम, अवधविहारीप्रसाद सिन्हा, अग्नीप्रसाद थपलिया, केदार पौडेल, ईश्वरीप्रसाद घिमिरे, नित्यानन्द पाण्डे, राजेश्वर तिवारी, दिनेशप्रसाद यादव, कृष्णलाल भट्टराई, नरबहादुर शाही, शान्तिसिंह थापा, नारायणप्रसाद साह, जगन्नाथ महतो सिंह, तेजबहादुर राई, यमुना भट्टराई, नन्दलाल थारु, सरिता शर्मा, नीलम पौडेल र अनिता मानन्धर जोशी नियुक्त भएका थिए। संविधान जारी भएपछि उनीहरू पदमुक्त भए। कोही उमेर हदका कारण पनि घर गए। संविधान जारी भएपछि पदमुक्त भएका रमेशकुमार पोखरेल, अग्नीप्रसाद थपलिया, ऋषिराम दवाडी, नित्यानन्द पाण्डे, राजेश्वर तिवारी, दिनेशप्रसाद यादव, कृष्णलाल भट्टराई, नरबहादुर शाही, शान्तिसिंह थापा र यमुना भट्टराई उच्च अदालतमा नियुक्त भए। उनीहरूमध्ये पोखरेल, थपलिया र दवाडी ६३ वर्षे उमेर हदका कारण अवकाशमा गइसकेका छन्। शाही भने त्रृटिपूर्ण फैसला गरेका कारण बर्खास्त भए। बाँकी रहेका पाण्डे र थापा सर्वोच्चमा पुगेका हुन्। त्यस्तै नित्यानन्द, दिनेश, कृष्णलाल र यमुना उच्च अदालतमै कार्यरत छन्।
केदार पौडेल, ईश्वरीप्रसाद घिमिरे, नारायणप्रसाद साह, जगन्नाथ महतो, तेजबहादुर राई, नन्दलाल थारू, सरिता शर्मा, नीलम पौडेल र अनिता मानन्धर जोशीलगायत अस्थायी न्यायाधीश भने पदमुक्त भएपछि सेवामा फर्किन पाएनन्। उच्चमा नियुक्त भएका भए यिनीहरू उमेर भएकाले अधिकांश सर्वोच्चमा हुने थिए वा उच्चको मुख्य न्यायाधीशमा उनीहरूको उपस्थिति रहने थियो। तर, पुनरावेदनबाटै घर गएकाले उनीहरूको सर्वोच्चमा आउने ढोका बन्द भयो। त्यसपछि एकैदिन उच्च अदालतमा नियुक्त भएका ८० जना न्यायाधीशबाट सर्वोच्चमा लाने क्रम जारी छ। महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, नित्यानन्द पाण्डे, श्रीकान्त पौडेल, शान्तिसिंह थापादेखि हालै सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस भएका चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी एकै लटमा नियुक्त भएका उच्चका न्यायाधीश हुन्। उक्त लटमा उच्चमा ८० न्यायाधीश नियुक्त भएका थिए। सर्वोच्चमा उच्चबाट आउदा पनि सोही लटका न्यायाधीश आउने देखिन्छ, आइरहेका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #कृष्णलाल भट्टराई, #दिनेशप्रसाद यादव, #नित्यानन्द पाण्डे, #मनोजकुमार शर्मा, #यमुना भट्टराई, #राजेश्वर तिवारी, #शान्ति सिंह थापा


तपाईको प्रतिक्रिया दिनुहोस