३ महिना बढी जागिर खाइसकेका ६ देशका राजदूत


काठमाडौं। ६ देशका राजदूतले ३ महिना बढी जागिर खाइसकेका छन्। गत साउनमै ४ वर्षे कार्यकाल पूरा भइसकेका ६ राजदूतले ३ महिना बढी जागिर खाएका हुन्। त्यसरी जागिर लम्बिने राजदूत घनश्याम भण्डारी, निर्मलराज काफ्ले, भरतराज रेग्मी, हरिश्चन्द्र घिमिरे, तीर्थराज वाग्ले र सुशील लम्साल हुन्।

सरकारले बंगलादेशका लागि राजदूत घनश्याम भण्डारी, ब्रजिलका लागि राजदूत निर्मलराज काफ्ले, अस्ट्रियाका लागि (संयुक्त राष्ट्र संघको स्थायी नियोग) भरतराज रेग्मी, म्यानमारका लागि राजदूत हरिश्चन्द्र घिमिरे, बहाराइनका लागि राजदूत तीर्थराज वाग्ले र इजिप्टका लागि सुशील लम्साल अनिश्चितकालका लागि म्याद थपेको थियो। उनीहरूको ठाउँमा अर्को राजदूत नियुक्त नहुँदा जागिर लम्बिएको हो।

म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरे २०८२ जेठमै ५८ वर्ष पूरा भइसकेका छन्। प्रशासन सेवाको महावाणिज्यदूत भए ५८ वर्ष पूरा हुनेबित्तिकै घर गइसक्थे। तर, परराष्ट्र सेवाका घिमिरेले ‘प्रिभिलेज’ पाएर त्यसै एक वर्ष बढी जागिर खाइसकेका छन्। म्याद थपिदा उनी झन ‘मालामाल’ भएका हुन्। घिमिरेबाहेक म्याद थपिएका बाँकी सहसचिव परराष्ट्र मन्त्रालयमा सहसचिवको भूमिकामा फर्किने छन्। घिमिरे भने सीधै घर जानेछन्। ६ राजदूतको जागिर अझै केही समय लम्बिने सम्भावना देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #घनश्याम भण्डारी, #तीर्थराज वाग्ले, #निर्मलराज काफ्ले, #भरतराज रेग्मी, #सुशील लम्साल, #हरिश्चन्द्र घिमिरे

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ