लोक सेवा आयोगका अध्यक्ष गुरागाईंद्वारा राजीनामा
काठमाडौं। कोशी प्रदेशकाे लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदबाट राजीनामा दिएका छन्। भत्ता विवादमा तानिएपछि अध्यक्ष गुरागाईंले राजीनामा दिएका हुन्।
२०८१ असारमा कोशी प्रदेश लोक सेवा आयोगको अध्यक्ष बनेका गुरागाईंले साढे दुई वर्ष नपुग्दै राजीनामा दिएका छन्। ६ वर्षका लागि नियुक्त भएका गुरागाईं आधा कार्यकाल पनि नबिताइ राजीनामा दिएर हिँडेका हुन्।
गुरागाईं लामो समय लोक सेवा आयोगको सचिव भएर काम गरेका थिए। लोक सेवाका अनुभवी गुरागाईंलाई प्रदेश लोक सेवाको जिम्मेवारी दिइएको थियो। तर, उनी छोटो समयमै विवादमा आए। दसैँ पेश्की खाएर गुरागाईंले राजीनामा दिएका छन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस