कोलकाताको महावाणिज्यदूतावासबाट राजस्वका उपसचिव बिके फिर्ता, प्रशासनका राई फर्किने तयारीमा


काठमाडौं। भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूतावासबाट राजस्वका उपसचिव (नायब महावाणिज्यदूत) गगन बहादुर बि. के. फिर्ता भएका छन्। कालकातामा राजस्वको उपसचिवको दरबन्दी काटिएपछि गगन फिर्ता आएका हुन्। प्रशासनका उपसचिव रोशन राई भने अझै फिर्ता भएका छैनन्। राई पनि फिर्ता हुने तयारीमा रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन्।

परराष्ट्रको पछिल्लो संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम)मा दरबन्दी काटिएकाले बि.के. फिर्ता भएका हुन्। राई पनि परिवारको स्वास्थ्य उपचार गराएर फिर्ता हुने तयारीमा रहेकाे मन्त्रालय स्रोतको भनाइ छ।

कोलकातास्थित नेपाली महावाणिज्यदूतावासमा महावाणिज्यदूत (सहसचिव) झक्कप्रसाद आचार्य, नायब महावाणिज्यदूत (राजस्व) गगन बहादुर बि. के., नायब महावाणिज्यदूत (प्रशासन/वाणिज्य) दीपेश लेखक, वाणिज्यदूत (परराष्ट्र) टिकाराम उपाध्याय, वाणिज्यदूत (प्रशासन/वाणिज्य) रोशन राई, उपवाणिज्यदूत (लेखापाल) सुभाषचन्द्र बास्तोला र उपवाणिज्यदूत(परराष्ट्र ना.सु.) सुरेशराज रेग्मी कार्यरत छन्।

७ जनाको दरबन्दी रहेको कोलकातास्थित महावाणिज्यदूतावासमा राजस्वको उपसचिव र सामान्य प्रशासन समूहको शाखा अधिकृत कटौतीमा परेको छ। दुई दरबन्दी कटौतीमा परेसँगै उक्त दरबन्दीमा कार्यरत राजस्वका नायब महावाणिज्यदूत गगन फिर्ता भएका छन्। प्रशासनका वाणिज्यदूत रोशन पनि फिर्ता हुने तयारीमा देखिन्छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ