स्टाफ कलेजको कार्यकारी निर्देशकमा डा. रामप्रसाद घिमिरे


काठमाडौं। प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको (स्टाफ कलेज)को कार्यकारी निर्देशकमा डा. रामप्रसाद घिमिरे नियुक्त भएका छन्। गत फागुनमा नेपाल सरकारको अवकाशमा गएका सचिव घिमिरे स्टाफ कलेजको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन्।

घिमिरे राजस्व सचिव र अर्थ सचिव दुबै भूमिकामा रहेर काम गरेका छन्। घिमिरेसँग अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सचिव, राष्ट्रपति कार्यालयको सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवको भूमिकामा काम गरेको अनुभव छ। उनी ५८ वर्ष उमेर हदका कारण ५ वर्ष सचिव चलाउन नपाइ अवकाशमा गएका थिए। गुल्मेली घिमिरे सचिवबाट अवकाशमा गएको एक वर्ष बित्न नपाउँदै स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न सफल भएका हुन्।
स्टाफ कलेजका कार्यकारी निर्देशक रामशरण पुडासैनी पदमुक्त भएपछि उक्त पद रिक्त थियो। उक्त पदमा घिमिरेसहित पूर्वसचिवहरू डिल्लीराम शर्मा, गोकर्णमणि दुवाडी र बाबुराम अधिकारी प्रतिस्पर्धामा उत्रिएका थिए। जेनजी आन्दोलन दबाउन भूमिका खेलेका दुवाडीलाई आउट गरेर घिमिरेसहित शर्मा र अधिकारीलाई स्टाफ कलेजको कार्यकारी निर्देशकमा नियुक्तिका लागि सिफारिस गरिएको थियो। उनीहरूमध्ये घिमिरेले बाजी मारेका हुन्।
बालेन सरकारले नियुक्ति दिँदैन भनेर जान्दाजान्दै स्टाफ कलेजमा नियुक्ति खान दौडिएका दुवाडीको भने हरिबिजोग भएको छ। उनी ३ जनाभित्र पनि पर्न असफल भएका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #डा. रामप्रसाद घिमिरे

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ