अध्यादेश मार्फत् ३०-५५ पूरा भएका कर्मचारीलाई बिदा गर्ने तयारी


काठमाडौं। सरकारले अध्यादेश मार्फत् ३०-५५ पूरा भएका कर्मचारीलाई बिदा गर्ने तयारी थालेको छ। कर्मचारीले कामै नगरी हाजिर गरेर टाप ठोक्ने प्रवृत्ति बढ्न थालेपछि सरकारले ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेर पूरा भएका कर्मचारीलाई अध्यादेश ल्याएर हटाउन लागेको हो। अध्यादेशको मस्यौदा तयार भइरहेको विश्वस्त स्रोतले बतायो।

बालेन सरकार बनेपछि तीन महिनासम्म कर्मचारीले राम्रै सहयोग गरेका थिए। पछिल्लो समयमा कर्मचारीहरू पुरानै लयमा फर्किएका छन्। जनताको विश्वास जितेर परिणाम दिन आएको सरकारलाई पाका कर्मचारीले निरन्तर असहयोग गरेपछि अध्यादेश मार्फत् हटाउने तयारी भइरहेको हो। सम्भवतः अध्यादेश नै आउने देखिएको छ।

३०-५५ प्रावधान ल्याउने भएपछि ल्याङल्याङ गरेर राखिरहनुभन्दा उक्त मापदण्डमा पर्ने कर्मचारीलाई तत्काल बिदाइ गर्दा नै उपयुक्त हुन्छ। हटाउने भनेर विधेयकमै प्रावधान राखिएकाले कर्मचारीले काम दिन छाडेका छन्। परफर्मेन्स नदेखाएका यस्ता कर्मचारीलाई हटाउने उत्तम विकल्प अध्यादेश नै हो। सरकार त्यसैको तयारीमा लागेको पाइन्छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ