मन्त्रिपरिषद् बैठक बस्दै : २१ दिन लकडाउन गर्ने बारे निर्णय हुने


काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह पाँच बजे मन्त्रिपरिषद बैठक तय भएको हो ।

आजको बैठक कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि त्यसको रोकथाम र नियन्त्रणमा बैठक केन्द्रित हुनेछ ।

आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ ।

सीसीएमसी बैठकले लकडाउन गर्नुपर्ने र त्यो नभए निषेधाज्ञामा जानुपर्ने सुझाएको थियो ।

यस्तै पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको छ ।

सरकारले स्वास्थ्य मापदण्ड पालना गर्न र अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन पनि भनिरहेको छ ।

नेपालको बाँके, रुपन्देहीलगायतका जिल्लामा अहिले कोभिड संक्रमण नियन्त्रण बाहिर गएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #लकडाउन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com