कानुनभन्दा माथि रहेका परराष्ट्रका दुई शक्तिशाली महिला उपसचिव


काठमाडौं। परराष्ट्र मन्त्रालयमा अहिले दुई महिलाको चर्चा हुने गरेको छ। उनीहरू कानुनभन्दा माथि रहेको आरोप लाग्दै आएका छन्। उनीहरू हुन् प्रथमा उप्रेती र प्रमिता अधिकारी। प्रमिता सरकारी हिरासतमा रहेका विष्णुप्रसाद पौडेलकी बुहारी (नवीन पौडेलकी श्रीमती) हुन्।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा परराष्ट्रमा प्रथमाको शासन चल्ने गरेको थियो। परराष्ट्र मन्त्रालयलाई उपसचिव र सहसचिवलाई ‘माछाबजार’ बनाउन उनले विशेष भूमिका खेलेकी थिइन्। ओलीसँग कानेखुसी गरेरै प्रथमाले परराष्ट्र मन्त्रालयलाई दरबन्दीको बाढी ल्यादिएको प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीहरू सुनाउँछन्। प्रथमाको शक्ति यति थियो कि उनी न्युयोर्कबाट सरूवा भएर काठमाडौं आएको केही समयमै सार्क सचिवालयमा ‘पोस्टिङ’ गराउन सफल भएकी थिइन्।

परराष्ट्रको सरूवा निर्देशिकामा ‘क’ वर्गबाट ‘क’ वर्गमा सरुवा नगर्ने उल्लेख छ। तर, ‘क’ वर्गको संयुक्त राष्ट्र संघको स्थायी नियोग, न्युयोर्कबाट फर्किएकी प्रथमा ‘क’ वर्ग कै सार्क सचिवालयमा पुगेकी छिन्। न्युयोर्क बसेर डलरमा तलब खाएकी प्रथमा नेपाल बसेर मासिक १० लाख रुपैयाँ कमाइ हुने सार्क सचिवालयमा पुगेकी हुन्। परराष्ट्रमा दरबन्दी बढाउन ओलीलाई प्रभावित पारेकी प्रथमा कार्यविधि कानुनभन्दा माथि बनेर सार्क सचिवालय पुगेकी हुन्। बालेन सरकारले न्यायका लागि भए पनि निर्देशिका मिचेर सार्क सचिवालय पुगेकी प्रथमालाई राहदानी विभागमा खटाएर नागरिकको सेवा गर्ने मौका दिनुपर्ने देखिन्छ। ‘जेनजी’ आन्दोलनपछि पनि सहकर्मीहरूलाई ‘बा’ फेरि आउनु हुन्छ अनि हेरौला’ भन्ने उनलाई ‘बा’हरूको सेवाका लागि ढिला नगरी राहदानी विभागमा खटाउन आवश्यक छ।

पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलकी बुहारी (नवीन पौडेलकी श्रीमती) प्रमिता पनि अष्ट्रेलियाको क्यानबेराबाट अमेरिकाको न्युयोर्क पुगेकी हुन्। उनी विष्णुको बुहारी ‘नेपो-बेबी’ भएकै कारण क्यानबेराबाट न्युयोर्क पुगेकी हुन्। बालुवाटार काण्डमा मुछिएका नवीनको श्रीमतीलाई पुरानो सत्ताले ‘क’ वर्गको नियोगबाट ‘क’ वर्गमै सरूवा गरेर पठाइएको हो। विष्णुको दबाबमा सरुवा कार्यविधिलाई ‘डस्बिन’हालेर प्रमितालाई क्यानबेराबाट न्युयोर्क पठाइएको थियो। उनलाई क्यानबेराबाट न्युयोर्क पठाउँदा अन्य कर्मचारीलाई अन्याय भएको छ। प्रमितालाई निर्देशिका अनुसार नेपाल फिर्ता बोलाएर अन्यायमा परेका परराष्ट्रका उपसचिवलाई न्युयोर्क पठाएर सरकारले न्याय दिनुपर्छ।

यति मात्र होइन प्रमितालाई उपसचिव बनाउन कै लागि परराष्ट्रमा उपसचिवको दरबन्दी थपिएको थियो। उक्त दरबन्दीको लाभ तत्कालीन लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको छोरी इला मैनाली (हाल सहसचिव) र विष्णु पौडेलकी बुहारी प्रमिताले लिएका थिए। त्यसपछि उनी आकर्षक नियोगमा मात्र जागिर खाँदै आएकी छिन्।

यिनीहरूका श्रीमान र परिवारले रातो पासपोर्टको दुरूपयोग गर्दै राजदूतावासको लेटरहेड र सवारी साधनहरू लाई निजी प्रयोगमा ल्याएर विभिन्न कम्पनीहरूमा काम गर्ने परम्परा समेत छ। यसरी कुटनीतिक सुविधा लिने, पारिवारिक भत्ता र औषधी उपचार लिएर देशकै बेइज्जत गर्दै रातो ‘पासपोर्ट’धारीले निजी कम्पनीमा काम खोज्दै हिड्नु नेपालको वदनाम गर्नु हो। यसले नियोगको काम त प्राथमिकतामा पर्दैन किनकी नियोगका कर्मचारीको मुख्य काम परिवारलाई काम गर्ने ठाउँमा‌ छाड्न र‌ लिन जाने, केटाकेटी स्कूल‌ छाड्नेमै वित्ने गरेको परराष्ट्रका अधिकारीहरू बताउँछन्। सरकारी साधनको दूरूपयोग मात्र बढाएन यसले नैतिकतामाथि समेत ठूलो प्रश्न चिन्ह खडा गरेको छ।

उनीहरूका लागि परराष्ट्र मन्त्रालय निम्त्याइएको बेथितिको विषयमा बालेन सरकारले छानबिन गर्न जरूरी छ। देश र कानुनभन्दा माथि रहेका परराष्ट्रका यस्ता कर्मचारी छानबिनको दायरामा आउनैपर्ने देखिन्छ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #प्रथमा उप्रेती, #प्रमिता अधिकारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ