सात प्रदेशका प्रमुख सचिव एक ठाउँमा
काठमाडौं। सात प्रदेशका प्रमुख सचिवहरू एक ठाउँमा देखा परेका छन्। कोशी प्रदेशको विराटनगरमा भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन-२०८३ को अवसरमा सातै प्रदेशका प्रमुख सचिवहरू एक ठाउँमा भेला भएका हुन्।
प्रधानमन्त्रीको उपस्थिति बिनै सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवहरूको विराटनगरमा जमघट भएको थियो। उक्त अवसरमा कोशी प्रदेशका प्रमुख सचिव नारायणप्रसाद भट्ट, मधेश प्रदेशका प्रमुख सचिव शोभाकान्त पौडेल, बागमती प्रदेशका प्रमुख सचिव कमलप्रसाद भट्टराई, गण्डकी प्रदेशकी प्रमुख सचिव आभा श्रेष्ठ कर्ण, लुम्बिनी प्रदेशका प्रमुख सचिव बिनोदबहादुर कुँवर, कर्णाली प्रदेशकी प्रमुख सचिव राधिका अर्याल र सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव उत्तरकुमार खत्री विराटनगर जमघट भएका हुन्।
शोभाकान्त र राधिकाबाहेक सबै एउटै ‘ब्याच’का सहसचिव हुन्।अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सातै प्रदेशका प्रमुख सचिवहरूलाई उक्त जमघट हुने मौका मिलेको हो। सम्मेलन सकेर सातै प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिव लाखापाखा लागेका छन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस