वैदेशिक रोजगारीका मेडिकल सिण्डिकेटधारी कैलाश खड्का पक्राउ


काठमाडौं। वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणको सिण्डिकेट चलाइरहेका कैलाश खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले खड्कालाई ललितपुरबाट पक्राउ गरेको हो।

श्रम मन्त्रालयले बनाएको छानबिन समितिले खड्का सम्पत्ति शुद्धीकरण, ठगी, संगठित अपराध, हुण्डी, राज्यविरुद्धको अपराधलगायतकामा अनुसन्धान गर्न सिफारिस गरेको थियो। उक्त प्रतिवेदन नै श्रम मन्त्रालयबाट ‘गायब’ विषय निकै चर्चामा आउने गरेको छ। तत्कालीन श्रम सचिव कृष्णहरि पुष्कर कर्णले खड्कासँग मिलेर वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बृद्धि गरेका थिए। उक्त शुल्क बृद्धिको निर्णय श्रम मन्त्रालयले फिर्ता लिइसकेको छ। सिआईबीले नियन्त्रणमा लिएका खड्का पूर्वमुख्यसचिव एकनारायण अर्याल निकट मानिन्छन्।

 खड्काविरुद्ध यसअघि पनि नेपाली कामदारबाट अर्बौ रुपैयाँ ठगीको आरोपमा मुद्दा लागेको थियो। उनी फेरि त्यस्तै प्रकृतिका थुप्रै केसमा पक्राउ परेका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #कैलाश खड्का

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ