स्थानीय तहमा समायोजन भएका एमबीबीएस डाक्टरको भविष्यमै कालो ‘बादल’ (चिकित्सकको सूची)


काठमाडौं ।  सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई संघीय संरचनामा लैजाँदाको असर बिस्तारै देखिन थालेको छ । कार्यक्रम र त्यसको समन्वयमा देखिएको असर अहिले चिकित्सकमा पुगेको छ । स्वास्थ्य क्षेत्रमा लागेको कालो बादल हटाउने चुनौती स्वास्थ्य तथा जनसंख्या सचिव मधुसुदन बुर्लाकोटीलाई छ । 

मेडिकल अधिकृतका रुपमा प्रदेश र स्थानीय तहमा समायोजन भएका चिकित्सकको वृद्धि विकासमा समस्या देखिएको छ । पछिल्लो केही घण्टामा स्थानीय तहमा समायोजन भएका चिकित्सकहरुले सचिव बुर्लाकोटीलाई उक्त सूची बुझाएका हुन् ।

आफूहरूको भविष्यमै पूर्णविराम लाग्ने देखेपछि उनीहरूले सचिव समक्ष समाधान खोज्न अनुरोध गरेका छन् । मेडिकल अधिकृतमा काम गरेका उनिहरु अहिले एमडी / एमएस सकेका छन् ।

सचिव बुर्लाकोटीले भने, यस विषयमा आफू ज्यादै गम्भिर भएको बताएका छन् । उनले समस्या १०० जनाको मात्रै नभएको यो ठुलो सङ्ख्यामा देखिएको बताए । यसलाई आवश्यक सम्बोधनका लागि माथिल्लो निकायसँग छलफल गर्ने सचिवले बताएका छन् । सयौँको सङ्ख्यामा यस्ता चिकित्सक छन् जसले मेडिकल अधिकृतमा समायोजन भए अहिले विशेषज्ञता हासिल गरिसकेका छन् । 

विशेषज्ञता भएका चिकित्सकले मेडिकल अधिकृतको काम गर्ने अवस्था छैन । स्थानीय तहमा एमबीबीएसले सामान्य गर्ने सेवा बाहेक विशेषज्ञ चिकित्सक स्थानीय तहमा बसेर दिने सेवाका लागि स्रोत साधन छैन । त्यस्तै कतिपय चिकित्सकले गरेको विशेषज्ञता संघ बाहेक स्थानीय तह कही पनि मिल्दैन । त्यसैले यसलाई अहिलेका सचिवले समस्या बुझेर सम्बोधन गर्नतर्फ लाग्नु उचित देखिन्छ ।

अवैज्ञानिक रुपमा भएको यस्तो समायोजनले स्थानीय तहमा समायोजन भएका मेडिकल अधिकृतको भाग्य र भबिश्यमा कालो ‘बादल’ लागेको छ । यसको एउटा मात्रै समाधान भनेको स्वास्थ्यका कर्मचारीलाई समायोज भन्दा बाहिर राख्नु । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ