रामकुमारीले रोजेकै मन्त्रालय पाइन्, स्वास्थ्यमा विरोध


काठमाडौं । एकीकृत समाजवादीले स्वास्थ्य मन्त्रालय विरोध खतिवडालाई पठाउने भएको छ । स्वास्थ्यम आउने भनिएकी रामकुमारी झाँक्रीलाई पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा विरोध आउन लागेका हुन् ।

नेकपा एकीकृत समाजवादीकी सचिव झाँक्रीलाई पार्टीले स्वास्थ्यमा पठाउने तयारी गरेको थियो । पर्यटन मन्त्रालयमा जाने इच्छा प्रकट गरेकी झाँक्रीलाई पार्टीले स्वास्थ्य मन्त्रालय जान भनेको थियो । झाँक्रीको रोजाई पर्यटनमा भएपनि पार्टीको खोजाई स्वास्थ्यमा थियो । 

नेकपा एकिकृत समाजवादी पार्टी विरोध खतिवडाले सहरी विकास दिएर झाँक्रीलाई स्वास्थ्यमा पठाउने तयारीबाट पछाडि हटेर अन्तत: झाँक्रीलाई रोजेकै मन्त्रालय दिएर स्वास्थ्यमा विरोधलाई पठाइने भएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com