झाँक्रीको रोजाई पर्यटनमा, पार्टीको खोजाई स्वास्थ्यमा


काठमाडौं । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयमा दाबी गरेकी नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई पार्टीले स्वास्थ्यमा पठाउने तयारी गरेको छ ।
पर्यटन मन्त्रालयमा जाने इच्छा प्रकट गरेकी झाँक्रीलाई पार्टीले स्वास्थ्य मन्त्रालय जान भनेको हो । उनलाई पार्टीले नै स्वास्थ्यमा जान आग्रह गरेकाले आफू निकट नेताहरूसँग परामर्श गरिरहेकी छन् । विरोध खतिवडाले सहरी विकास रोजेपछि झाँक्रीलाई स्वास्थ्यमा जानुपर्ने बाध्यता आइपरेको स्रोतले बतायो ।
झाँक्री निकट विराटनगरका एक विद्यार्थी नेताले स्वास्थ्य लाइभसँग कुरा गर्दै भने, उनले पर्यटनमा जान खोजेपनि स्वास्थ्यमा जानुपर्छ भनेर पार्टीले आग्रह गरेकाे हाे । भोलि नै मन्त्रीको सपथ हुने भएकाले यो विषय टुंगोमा पुग्न लागेको हो ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com