प्रधानमन्त्रीसँगै भारत भ्रमणमा निस्किएका मुख्यसचिवसहितका उच्च प्रशासक
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को दुईदिने भारत भ्रमणमा मुख्यसचिवसहित एक दर्जन उच्च प्रशासकहरू गएका छन्। शनिबार भारत प्रस्थान गरेको उक्त भ्रमण मुख्यसचिव गोविन्दबहादुर कार्की, २ सचिव र ८ सहसचिव रहेका छन्। भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङ समेटिएका हुन्।
सहसचिवहरूमा प्रधानमन्त्रीका निजी सचिव प्रदिप परियार, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा हेर्ने सहसचिव गहेन्द्रराज भण्डारी, प्रमुख शिष्टाचार महापाल (सहसचिव) कुमारराज खरेल र परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव लोकबहादुर पौडेल रहेका छन्। त्यस्तै अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनिल पौडेल, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोल र सूचना प्रविधि तथा डिजिटल गभर्नेन्स कार्यालयका सहसचिव सुभाष ढकाल रहेका छन्। उक्त भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयबाट ३ उपसचिव र २ शाखा अधिकृत जान सफल भएका हुन्।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस