सञ्चार मन्त्रालयको प्रशासन महाशाखाबाट सीधै उपमहानगरपालिकामा


काठमाडौं। सूचना तथा सञ्चार मन्त्रालयको प्रशासन तथा योजना महाशाखाबाट दुई सहसचिव सीधै उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका सरूवा भएका छन्। उक्त महाशाखाबाट करिब ४ महिना अगाडि सुवासचन्द्र शिवाकाेटी दाङको तुलसीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएका थिए। शिवाकाेटीको सरूवा भएपछि सञ्चार मन्त्रालयको प्रशासन महाशाखा प्रमुख बनेका रविलाल शर्मा मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएका हुन्।

करिब ४ महिनाबीचमा सञ्चार मन्त्रालयको प्रशासन महाशाखा प्रमुख बनेका दुई सहसचिव उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएका छन्। शिवाकोटी र शर्मा लेखाको उपसचिवबाट सहसचिव भएका थिए। एउटै पृष्ठभूमिबाट सहसचिव अनीहरू ४ महिनाको फरकमा एउटै महाशाखाबाट एउटै प्रकृतिको कार्यालयमा सरूवा भएका हुन्। सञ्चार मन्त्रालयको प्रशासन महाशाखाबाट सीधै उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा हुने सहसचिवमा शिवाकोटीपछि शर्माले ‘रेकर्ड’ बनाएका छन्।

 

क्याटेगोरी : समाचार
ट्याग : #रविलाल शर्मा, #सुवासचन्द्र शिवाकोटी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ