छिटोछिटो पिसाब लाग्नु प्रोस्टाइटिसको सङ्केत त होइन ?


पुरूषमा मात्र देखा पर्ने रोग निकै कम छन् । यसमध्ये एक हो प्रोस्टाइटिस्को समस्या । यो समस्याबाट बढ्दो उमेरका धेरै पुरूष पीडित भएका छन् । के हो प्रोस्टाइटिस् ? किन हुन्छ ? यो समस्याबाट बच्न के गर्ने ? यूरोलोजिष्ट डा. अमितमणि उपाध्यायको सुझाव यस्तो छ :—

प्रोस्टाइटिस्को समस्या पुरुषमा धेरै देखिने समस्या हो । यो पिसाब सम्बन्धीको समस्या हो । बुढ्यौली लागेसँगै यो समस्या पनि बढ्दै जाने गरेको पाइन्छ । यसलाई पुरुषको प्रजनन् अंग भनेर समेत चिनिन्छ । जुन पिसाबथैलीको तलतीर र पिसाब नलीको सुरूको भाग हुन्छ । यसले विर्य उत्पादन गर्ने गर्छ । जति उमेर बढ्दै गयो यसको आकार पनि बढ्दै जान्छ । आकार बढ्दा यसले पिसाबमा समस्या ल्याउँछ । सबै व्यक्तिमा यो समस्या आउँछ भन्ने हुँदैन ।

मुख्य कारण :
प्रोष्टेडको समस्या धेरै कारणले हुने गर्छ । सामान्यतया यो प्रोष्टेड ग्रन्थीको वृद्धिका कारण नै प्रोस्टाइटिस् हुनेगर्छ । यस्तै संक्रमण, ट्युमर पलाउनु, वंशाणुगत गुणका कारण पनि हुनेगर्छ । प्रोष्टेड ग्रन्थीको वरीपरी निकै बलियो झिल्ली वा क्याप्सुल हुन्छ । यो क्याप्सुलले प्रोष्टेडलाई सुरक्षित राख्ने काम गर्छ । संक्रमण लगायत विभिन्न कारणले यो झिल्ली कमजोर हुँदा प्रोष्टेडमा संक्रमण हुन्छ र समस्या देखिन्छ ।

लक्षण :
छिटोछिटो पिसाब लाग्नु ।
सुरुसुरुमा ज्वरो आउने ।
पिसाब पोल्नु, पिसाब फेर्दा दुख्नु ।
पिसाब निख्रिएर नआउनु ।
पिसाब फेर्दा गाह्रो हुनु ।
संक्रमण भएको लामो समय भए पिसाबमा रगत आउनु ।
प्रोष्टेड सुन्निएर पिसाबको नली च्यापियो भने कोहीकोहीमा पिसाब बन्द पनि हुन्छ । यस्ता व्यक्तिमा प्रोष्टेड हुने सम्भावना उच्च
हुनत यो सानो उमेरका व्यक्तिमा पनि हुन सक्छ । यद्यपि बढ्दो उमेर, बढी चिल्लोपिरो मसालेदार खाना खाने, मधुमेह भएका, रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई बढी हुने सम्भावना रहन्छ । साथै वंशाणुगत गुणको पनि प्रभाव रहन्छ ।

बच्ने उपाय :
यो समस्या प्रोष्टेड ग्रन्थी बढ्नाले हुने भएकाले पनि यही मितिबाट, यति बढ्छ भन्ने हुँदैन् । तर, यो ग्रन्थीलाई सन्तुलनमा राख्न परिवारमामा यस्तो समस्या भएकाहरूले नियमित स्वास्थ परीक्षण गराउनु पर्छ । साथै बढी चिल्लो मसलेदार खाना नखाने, नियमित व्यायम गर्ने, कुनै लक्षण देखिए स्वास्थ परीक्षण गराउनु पर्छ । यसको बेलैमा उपचार भएर भने क्यान्सर हुने सम्भावना बढी रहन्छ ।

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com