यी हुन् अर्थ मन्त्रालय भित्रिएका ५ सहसचिव


काठमाडौं। सरकारले ५ सहसचिव अर्थ मन्त्रालयमा पठाएको छ। अर्थबाट २ सहसचिवलाई बाहिर पठाएर अर्थमा ५ जनालाई भित्र्याएको हो। अर्थ मन्त्रालयमा भित्रिने सहसचिवमा तारानाथ अधिकारी, इन्द्रदेव यादव, पार्वती अर्याल, निता शर्मा र टेकबहादुर वली रहेका छन्।

तारानाथ भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा इकोनमिक मिनिष्टर र पार्वती चीनको बेइजिङस्थित नेपाली राजदूतावासको इकोनमिक मिनिष्टरमा कार्यरत थिए। दरबन्दी खारेज भएपछि दुबै जना फिर्ता भएका थिए। यसअघि नियोगमा बसेर आएका तरमारा सहसचिवलाई प्रदेशमा पठाउने गरिए पनि यसपटक अर्थमा पठाइएका हुन्।

त्यस्तै अर्थमा महोत्तरीको सिडिओ इन्द्रदेव यादव, कोशी प्रदेशबाट निता शर्मा र हेटौडा उपमहानगरपालिकाबाट टेकबहादुर वली अर्थमा सरूवा भएका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालको हेटौंडा उपमहानगरपालिकामा सरूवा भएकाले त्यहाँ यादवको सम्भावना छ। तारानाथ पनि सोही विभाग ताकेर गएको बुझिन्छ। महालेखा नियन्त्रक कार्यालयबाट दिपक लामिछाने गृह मन्त्रालय सरूवा भएकाले त्यहाँ पनि एक सहसचिव पठाउने अवस्था देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ