मापदण्ड बिपरित खोप बितरण प्रति युवा चिकित्सकको अपिल


 

 

आदरणीय जनप्रतिनिधि एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका अधिकारी तथा अन्य कर्मचारी ज्यूहरु ।

विश्व कोरोना भाइरस संक्रमणको चपेटामा रुमल्लिएको छ । ०७६ माघ ९ गते पहिलो केस पुष्टि भएयता नियमीत कोरोना संक्रमित पुष्टिहुने क्रम जारी छ । हाल सम्म साढे ६ लाख मानिस संक्रमित भएका छन् । उनिहरु मध्ये ९ हजार ५०६ जनाको कोरोेनाबाट मृत्यु भएको छ ।

कोरोना संक्रमण रोक्ने एक मात्रै औषधि खोप हो । खोपको पर्याप्त उपलब्धता बिना कोरोना नियन्त्रण सम्भव छैन । नेपालमा पनि कोरोना विरुद्ध ६५ लाख बढी खोप आइसकेको छ । यस बिचमा पहिलो मात्रा २७ लाख ६५ हजार ७०९ जना र दोस्रो मात्रा ११ लाख २० हजार २८२ जनाले लगाएका छन् ।

५५ लाख भन्दा बढी थप खोपको सुनिश्चितता देखिएको छ । सरकारले खोपको प्रयोगमा वर्गिकरण गरेको छ । तर, मापदण्ड बिपरित खोपको वितरण भइरहेको छ । ठुलो मानवसागर खोप केन्द्रमा उपस्थित छन् । उनिहरुले कुनै पनि स्वास्थ्य मापदण्डको पलना गरेका छैनन् । यसले कोरोना संक्रमणदर ह्वात्तै बढ्ने छ ।
पछिल्लो समय संक्रमण नथापाउदो तबरले बढिरहेको छ । त्यसकारण आगामी दिनमा खोप वितरणलाई प्रविधिसंग जोडेर सहज गर्नु पर्छ ।

हाल भैरहेको खोप बितरणकार्यले कोरोना नियन्त्रण भन्दा पनि कोरोना संक्रमणलाई बढावा दिन मदत गरिरहेको देखिन्छ । तसर्थ यो खोप बितरण गर्ने तरिकालाइ तत्काल पुनर्विचार गरि सहि र सम्वेदनसिल भएर अगाडी बड्न बढाउन सम्बन्धित सबैमा हार्दिक अपील गर्दछु ।

(डा. बस्नेत नेपाल चिकित्सक संघ जुनियर डक्टर्स कमिटीका केन्द्रिय सदस्य हुन् ।)

क्याटेगोरी : जीवनशैली, मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com