यी हुन् स्वास्थ्य सेवाका अवकाशको मुखमा रहेका सहसचिव
काठमाडौं। स्वास्थ्य सेवामा एक दर्जन एघारौं तहका (सहसचिव) अवकाशको मुखमा रहेका छन्। ३०-५५ लागू हुने स्वास्थ्य सेवामा हो भने घर जाने दुई दर्जन नाघ्ने देखिन्छ। सचिव बढुवाको लाइनमा रहेका विनोद विन्दु शर्मा, सुधा देवकोटा, अजित रायामाझी लगायत उक्त रूचीमा देखिन्छन्। यिनीहरू ५८ पूरा भइसकेका एघारौं तहका कर्मचारी (सहसचिव) हुन् ।
स्वास्थ्य सेवामा ६० वर्ष उमेर हद रहेकाले डा. विनोद विन्दु शर्मा, डा. सुधा देवकोटा, डा. अजित रायामाझी, डा. नारायाणप्रसाद ढकाल, डा. प्रभा कोइराला चापागाई, डा. पियुष दाहाल, चुमनलाल दास, यदुचन्द्र घिमिरेलगायतको जागिर बाँकी रहेको हो। निजामती जस्तो ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाने व्यवस्था हन्थ्यो भने यिनीहरू सबैजना घर गइसकेका हुने थियो। स्वास्थ्य सेवामा पनि ५५-३० लागू भयो भने यिनीहरू तत्काल घर जाने सूचीमा देखिन्छन्।
डा. चुमनलाल दास चालू आर्थिक वर्षको माघ र डा. नरेन्द्र विक्रम गुरुङ चैतमा ६० वर्ष पूरा भएर घर जाने सूचीमा छन्। आगामी आर्थिक वर्षमा विनोद विन्दु शर्मा, अजित रायामाझी, सुधा देवकोटा, प्रभा कोइराला, नारायणप्रसाद ढकाल, पियुष दाहाल यदुचन्द्र घिमिरे, विमल शर्मा चालिसे, किशोर खत्री, भरतबहादुर खत्री, प्रमोदकुमार कोइराला अवकाशमा जाने सूचीमा परेका हुन्। ३०-५५ लागू भए भरत भट्टराई, अजित खनाल, सूर्यबहादुर हमाल ठकुरी, राम नरेश नापित, निलमकुमार खड्का, हेन्सन खड्का, विवेक आचार्य, प्रकाश बुढाथोकी, ओमप्रसाद अर्याललगायतका स्वास्थ्यका एघारौं तह (सहसचिव) सरहका कर्मचारी घर जाने देखिन्छ। ३०-५५ लागू गर्ने हो भने घर जाने उक्त संख्या केही बढ्न सक्ने सम्भावना छ।
५५ पारीका स्वास्थ्यका सहसचिवहरू
➡️चुमनलाल दास २०८३ माघ
➡️नरेन्द्र विक्रम गुरुङ २०८३ चैत
➡️विनोद विन्दु शर्मा २०८४ साउन
➡️पियुष दाहाल २०८४ साउन
➡️किशोर खत्री २०८४ असोज
➡️प्रभा कोइराला चापागाई २०८४ कार्तिक
➡️यदुचन्द्र घिमिरे २०८४ मंसिर
➡️अजित रायामाझी २०८४ पुस
➡️नारायाणप्रसाद ढकाल २०८४ चैत
➡️भरत बहादुर खत्री २०८४ चैत
➡️प्रमोद कुमार कोइराला २०८४ चैत
➡️विमल शर्मा चालिसे २०८५ वैशाख
➡️सुधा देवकोटा २०८५ जेठ
➡️राम नरेश पण्डित २०८५ असोज
➡️निलमकुमार खड्का २०८५ मंसिर
➡️ओमप्रसाद अर्याल २०८६ बैशाख
➡️भरत भट्टराई २०८६ कार्तिक
➡️विवेक आचार्य २०८६ चैत
➡️अजित खनाल २०८७ जेठ
➡️सूर्यबहादुर हमाल ठकुरी २०८७ जेठ
➡️ हेन्सम खडका २०८७ फागुन
➡️प्रकाश बुढाथोकी २०८८ जेठ
क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #अजित खनाल, #ओमप्रसाद अर्याल, #किशोर खत्री, #चुमनलाल दास, #डा. अजित रायामाझी, #डा. नारायाणप्रसाद ढकाल, #डा. पियुष दाहाल, #डा. प्रभा कोइराला चापागाई, #डा. विनोद विन्दु शर्मा, #डा. सुधा देवकोटा, #निलमकुमार खड्का, #प्रकाश बुढाथोकी, #प्रमोदकुमार कोइराला, #भरत भट्टराई, #भरतबहादुर खत्री, #यदुचन्द्र घिमिरे, #राम नरेश नापित, #विमल शर्मा चालिसे, #विवेक आचार्य, #सूर्यबहादुर हमाल ठकुरी, #हेन्सन खड्का


तपाईको प्रतिक्रिया दिनुहोस