आईटी इन्जिनियरबीच बालेन सरकारलाई सहयोग गर्न मारामार, साढे ८ हजार प्रतिस्पर्धामा
काठमाडौं। आईटी इन्जिनियरहरूबीच बालेन सरकारलाई सहयोग गर्न मारामार परेको छ। बालेन सरकारले ४२ जना आईटी इन्जिनियर राख्न खोजेकोमा साढे ८ हजार बढी प्रतिस्पर्धामा देखिएका छन्। यसले नेपालको सूचना प्रविधि क्षेत्रको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।
बालेन सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतकाे सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (SDOC) स्थापना गरेको छ। उक्त केन्द्रमा सफ्टवेयर विकास तथा सञ्चालन गर्न ४२ जना विज्ञ मागिएको थियो। केन्द्रका लागि १५ प्रकारका भूमिकाका ४२ विज्ञ पदका लागि आवेदन खुलाइएकोमा ८ हजार ५ सय ७८ जनाको आवेदन परेको छ। आईटी क्षेत्रमा रहेका युवाहरूको आकर्षण देखिएको हो आवेदन दिने अन्तिम दिन कार्तिक १८ गतेसम्म साढे ८ हजार बढी सरकारलाई योगदान दिन तयार भएका छन्। आकर्षक तलवको व्यवस्था गरिएको केन्द्रमा युवाहरूको उत्साह हेर्दा आईटी क्षेत्रमा मुलुकले छिट्टै फड्को मार्ने अनुमान लगाउन सकिन्छ। साढे ८ हजार बढी आवेदकबाट ४२ जना छान्न भने केन्द्रलाई निकै सकस हुने देखिन्छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस