यी हुन् प्रधानमन्त्री शाहसँग भारत भ्रमणमा रहेका अधिकारीहरू
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज र भोलि दुईदिने भारत भ्रमणमा निस्किएका छन्। प्रधानमन्त्री शाहको भारत भ्रमणमा प्रधानमन्त्री शाहपछिको दोस्रो बरियतामा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र तेस्रो स्थानमा परराष्ट्रमन्त्री शिशिर खनाल र रहेका छन्। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र पनि टोलीमा रहेका हुन्।
मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङ पनि उक्त टोलीमा समावेश छन्। प्रधानमन्त्रीका प्रमुख निजी सचिव सुभाष शर्मा, निजी सचिव प्रदीप परियार,प्रधानमन्त्रीका मिडिया व्यवस्थापन तथा अनुसन्धान संयोजक दीपा दाहाल, परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार जगदीश्वर पाण्डे र प्रधानमन्त्रीका निजी उपसचिव (मिडिया) विनय शाक्य पनि टोलीमा छन्।
परराष्ट्र मन्त्रालयका सहसचिवहरू गहेन्द्रराज भण्डारी र लोकबहादुर पौडेल क्षेत्री, शिष्टाचार महापाल कुमारराज खरेल, अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनील पौडेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका आईटी सहसचिव सुभाष ढकाल, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोल र लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत यान्की उक्याब भ्रमण भ्रमण टोलीमा समावेश छन्। परराष्ट्र मन्त्रालयका उपसचिवहरू ललिता सिवाकोटी र विजय राज तण्डुकार पनि भ्रमण टोलीमा छन्। उपशिष्टाचार महापाल प्रेमराज गौतम, शिष्टाचार अधिकृत दीपकराज निरौला र शाखा अधिकृत मनोज गैरे भ्रमण टोलीमा रहेका हुन्।
प्रधानमन्त्रीका प्रमुख सैनिक सहयोगी लेफ्टिनेन्ट कर्णेल बालमुकुन्द बिष्ट प्रधानमन्त्रीका सुरक्षा अधिकृत मेजर सुशील बानियाँ, प्रहरी नायब उपरीक्षक दिपेश बस्याल, सैनिक सहयोगी मेजर रोशन केसी पनि भ्रमणमा टोलीमा रहेका छन्। गोरखापत्रकी संवाददाता तारा हमाल धुंगाना, राष्ट्रिय समाचार समिति (रासस)का संवाददाता कमल कुमार बस्नेत र नेपाल टेलिभिजनका भिडियोग्राफर अशोककुमार बस्नेत पनि टोलीमा समेटिएका छन्।
भारत उडेका प्रधानमन्त्री शाहले आज साँझ ६ बजे ताज होटलमा भारतीय विदेशमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन्। भोलि बिहान १० बजे राष्ट्रपति भवनमा सम्मान ग्रहण गर्ने कार्यक्रम छ। त्यसपछि बिहान १०:४० बजे राजघाट पुगेर पुष्पहार अर्पण गर्ने कार्यक्रम रहेको छ।। हैदराबाद हाउसमा भोलि बिहान ११ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। १२:२५ बजे दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन्। त्यसपछि प्रधानमन्त्री शाहले भोलि साँझ ६: ३५ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाह दुईदिने भारत भ्रमणमा निस्किएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी विराजभक्त श्रेष्ठले पाएका छन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस