भ्रष्टाचार मुद्दा खेपिरहेका चालिसेले कांग्रेस केन्द्रीय सदस्यमा चुनाव जित्दा बागमतीका दुई पूर्वमन्त्रीले हारे


काठमाडौं। भ्रष्टाचार मुद्दा खेपिरहेका सन्ता चालिसेले कांग्रेस केन्द्रीय सदस्यमा चुनाव जित्दा बागमती प्रदेशका दुई पूर्वमन्त्रीले चुनाव हारेका छन्। बागमती प्रदेशका पूर्वमन्त्रीद्वय सुरजचन्द्र लामिछाने र मधुकुमार श्रेष्ठले कांग्रेस केन्द्रीय सदस्यमा चुनाव हारेका हुन्।

नेपाली कांग्रेसको १५ ओैं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (बागमती प्रदेश, खुला)काे अन्तिम मत परिणाम सार्वजनिक हुँदा विशेष अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेका चालिसे २५५० मत ल्याए निर्वाचित भएका हुन्। ३ जना केन्द्रीय सदस्य आउने उक्त क्षेत्रबाट चालिसे तेस्रो स्थानका केन्द्रीय सदस्य भएका हुन्।

प्रा.डा. सूर्यकान्त घिमिरे ३७०३ मत र ई. रोहित पौडेल ३६२३ मत ल्याएर निर्वाचित भएका छन्। पराजित बागमतीका पूर्वमन्त्री लामिछाने २१५२ मत र मधुकुमार श्रेष्ठ १४९९ मत ल्याएका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ