यी हुन् कांग्रेसको केन्द्रीय कार्य समितिमा निर्वाचित हुने चिकित्सकहरू


काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिमा ९ जना चिकित्सक निर्वाचित भएका छन्। एक सहमहामन्त्रीसहित ९ चिकित्सक नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिमा निर्वाचित भएका हुन्। डा. मोहम्मद फिरदोश आलम, डा. केदार नरसिंह केसी, डा. अञ्जनीकुमार झा, डा. मुक्तिराम श्रेष्ठ, डा. गरिव दास ठाकुर, डा. योशिका भट्टराई, डा. प्रदीप मिश्र, डा. सिता पोखरेल (घिमिरे), डा. अमिता प्रधान र डा. खुमा अर्याल चिकित्सा क्षेत्रबाट कांग्रेसको केन्द्रीय कार्यसमितिमा निर्वाचित भएका हुन्।

नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित हुने चिकित्सक हुन् मोहम्मद फिरदोश आलम। डा. आलम मुस्लिम क्लष्टरको सहमहामन्त्रीमा निर्वाचन भएका छन्। चिकित्सा क्षेत्रबाट कांग्रेसको पदाधिकारी (सहमहामन्त्री)मा निर्वाचित हुने एक मात्र डाक्टर आलम हुन्।

त्यस्तै नेपाल चिकित्सक संघका पूर्व अध्यक्षत्रय केदार नरसिंह केसी, डा. अञ्जनीकुमार झा र डा. मुक्तिराम श्रेष्ठ नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। डा. केसी पेशागत/विषयगत क्षेत्रबाट; डा. झा मधेश प्रदेश भूगोलबाट र डा. श्रेष्ठ खुलाबाट कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। केसीसँग चिकित्सक प्रदिप मिश्र र डा. सीता पोख्रेल (घिमिरे) पनि पेशागत/विषयगत क्षेत्रबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। पेशागत/विषयगत क्षेत्रबाट ७ जना केन्द्रीय सदस्यमा निर्वाचित हुनेमा ३ जना चिकित्सक केन्द्रीय सदस्यमा निर्वाचित भएर आएका हुन्।

मधेशी क्लष्टरबाट डा. गरिवदास (जिडी) ठाकुर कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। कोशी प्रदेशको युवा कोटाबाट डा. योशिका भट्टराई केन्द्रीय सदस्यमा निर्वाचन भएकी हुन्।

त्यस्तै चिकित्सक अमिता प्रधान शाक्य केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएकी छिन्। उपत्यका महिलातर्फ उनी निर्विरोध भएकी हुन्।

मेडिकल व्यवसायी डा. खुमा अर्याल पनि नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनी पनि चिकित्सक हुन्। मेडिकल क्षेत्रबाट कांग्रेसको केन्द्रीय कार्य समितिमा सशक्त उपस्थिति भएको छ।

यी हुन् कांग्रेसको केन्द्रीय कार्य समितिमा पुगेका चिकित्सक

🌑डा. मोहम्मद फिरदोश आलम-सहमहामन्त्री

🌑डा. केदार नरसिंह केसी-केन्द्रीय सदस्य

🌑डा. अञ्जनीकुमार झा-केन्द्रीय सदस्य

🌑डा. मुक्तिराम श्रेष्ठ-केन्द्रीय सदस्य

🌑डा. गरिव दास ठाकुर-केन्द्रीय सदस्य

🌑डा. योशिका भट्टराई-केन्द्रीय सदस्य

🌑डा. प्रदीप मिश्र-केन्द्रीय सदस्य

🌑डा. सिता पोखरेल (घिमिरे)-केन्द्रीय सदस्य

🌑डा. अमिता प्रधान शाक्य-केन्द्रीय सदस्य

🌑डा. खुर्मा अर्याल- केन्द्रीय सदस्य

 

क्याटेगोरी : समाचार
ट्याग : #डा. अञ्जनीकुमार झा, #डा. अमिता प्रधान, #डा. केदार नरसिंह केसी, #डा. खुमा अर्याल, #डा. गरिव दास ठाकुर, #डा. प्रदीप मिश्र, #डा. मुक्तिराम श्रेष्ठ, #डा. मोहम्मद फिरदोश आलम, #डा. योशिका भट्टराई, #डा. सिता पोखरेल (घिमिरे)

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ