वीपीका किर्ते प्राध्यापक उपकुलपति गिरीद्वारा ४ वटा गाडी दुरुपयोग


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका किर्ते प्राध्यापक उपकुलपति डा. ज्ञानेन्द्र गिरीले ४ वटा गाडी दुरुपयोग गरेको खुल्न आएको छ ।

वीपी प्रतिष्ठानको कानुन अनुसार उपकुलपतिको हैसियतमा गिरीले पाउने एउटा गाडी, एक ड्राइभर र २ सय लिटर तेल हो । तर उनले प्रतिष्ठानको ४ वटा गाडी कब्जामा लिएर रजाईं गरिरहेका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत प्रेमबहादुर भुजेलका अनुसार उपकुलपति गिरीले अहिले ४ वटा गाडी कब्जा गरेका छन् । को १ च ९८९५, ९८९६,३९०७ र बा १ च ११२७ नम्बरको गाडी डा. गिरीको कब्जामा रहेको छ ।

प्राध्यापकको किर्ते उपाधि लेखेर चर्चामा आएका उपकुलपति डा. गिरीले गाडी दुरुपयोगमा अर्को रेकर्ड राखेको पाइएको छ । वीपी प्रतिष्ठानको सिनेट बोलाएर बर्खास्त नगर्न गिरीले प्रतिष्ठानलाई बेथितिको थलो बनाउँदै गएका छन् ।

तत्कालीन स्वास्थ्यमन्त्री विरोध खतिवडा नेतृत्वको छानबिन समितिले उपकुलपति गिरी ‘जाँड’ खाएर कार्यालयमा आउने गरेको ठहर गरेको थियो । उनलाई बर्खास्त गरेर प्रतिष्ठानको साख जोगाउन आवश्यक भइसकेको छ । तर सरकारले यो विषयलाई गम्भीरतापूर्वक लिएको पाइँदैन ।

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com