वीपी अस्पताल धरान उपमहानगरपालिकाको मातहतमा रहनु पर्छ : मेयर हर्क साम्पाङ


काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वीपी अस्पताल धरान उपमहानगरपालिकाको मातहतमा रहनु पर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत अस्पताल उपमहानगरपालिकाको मातहतमा रहनु पर्ने बताएका हुन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनद्वारा स्थापित संस्था हो । उक्त संस्थाको सञ्चालक परिषद् (सिनेट)मा धरान उपमहानगरपालिकाको मेयर पनि रहने व्यवस्था छ । उक्त प्रतिष्ठान अन्तर्गत वीपी अस्पताल सञ्चालनमा छ । तर, मेयर साम्पाङले वीपी अस्पताल धरान उपमहानगरपालिकाको मातहतमा रहनु पर्ने दाबी गरेका हुन् ।

संघीय सरकार अन्तर्गत पर्ने वीपी अस्पताल धरान उपमहानगरपालिकाले मातहतमा राख्न खोजेको देखिन्छ । नगर अस्पताल सञ्चालन गर्न सक्ने अवस्था हुँदाहुँदै संघीय सरकार अन्तर्गत रहेको अस्पताल उपमहानगरपालिकाले मातहतमा राख्न मेयर नै लबिइङमा लागेको देखिन्छ । यसले वीपी अस्पताल झन् अस्तव्यस्त हुने निश्चित छ ।

यता मेयर साम्पाङले अब अस्तपाल निर्माण तर्फ अग्रसर हुने जनाएका छन् । ज्येष्ठ नागरिक उपचार केन्द्र श्रमदानबाटै निर्माण गरिने उनको उद्‌घोष छ । ‘अब अस्तपाल निर्माण तर्फ अग्रसर हुनु पर्ला ! ज्येष्ठ नागरिक उपचार केन्द्र जुन श्रमदान बाटै निर्माण गरिनेछ !’, उनले लेखेका छन् । मेयर साम्पाङको ध्यान अस्पताल तर्फ केन्द्रित हुँदै गएको देखिन्छ ।

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com